रत्न पासा

सको
एउटै ज्यान ।
ज्यानले बोकेको दुई हातहरू
एउटा टाउको ।
ज्यानको मुनिको दुई ठूल्ठूला अण्डकोष
र एउटा हँसिया जस्तो लिंग।

उसको टाउकाकोभन्दा
ठूला दुई अण्डकोषहरू,
टाउकाको गिदीभन्दा
कयौँ गुणा सक्रिय
उसको लिंग ।

हरेक पटकको हस्तमैथुनबाट
जन्मेका उसका सहस्र सन्तानहरू,
उसको उपस्थितिका
प्रतिनिधित्व झण्डाहरु गाड्दै
मुलुकभरि जमेका छन् ।

सन्तानले डाँडाकाँडा
सबै ढाक्ने बरदान प्राप्त
छ उनलाई ।
कता छैनन् उनका
अबैधानिक सन्तानहरू ?
सरकारी हाकिमहरूदेखि
भुसतिघ्रे डन पाखुरेहरूसम्म ।
ठेकेदारीदेखि व्यापारीहरूसम्म ।
संसददेखि सिंहदरबारसम्म।

तिनीहरूका पदचापहरूले
चुरे र महाभारत
पहाडहरूका छातीछातीहरूमा
पहिरोहरू गइरहेको छ ।
नदीका बगरहरूमा ढुंगा बालुवाहरू निख्रिएर
नदीहरूले बाटा बिराएका
खोलानाला सुकेका छन् ।
वनजंगलमा लागिरहन्छ डढेलो ,
तिनका आंतकले सहर बस्तीहरू
चैनले निदाउन सकिरहेका छैनन् ।

बाटाघाटा र
सडक राजमार्गका
हरेक कुना कुना घुम्तीहरूमा
डाँडाहरूका टुप्पा भ्यू-टावरहरूमा,
सहर, बजार, गौडागौडाहरूमा,
सहर डुबाउने र झुक्काउने ठेक्काहरूमा,
पाखापाखा भित्ता भित्ताहरू कोतरेका
जग्गा जमिनका प्लटिङहरूमा,
कता मात्र झण्डा गाडिएका छैनन् र
उनका सन्तानहरूका पौरखहरू !

बडो रहस्यमय छ-
उसको एउटै ज्यान
एउटै लिंगको यत्रो पावर ?

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।