काठमाडौं- नेपालभाषा साहित्यका महाकवि सिद्धिदास महाजुको जन्म जयन्ती दिप प्रज्वलन गरी मनाइएको छ । नेपालभाषा साहित्यका महाकविका रुपमा परिचित सिद्धिदास महाजु(अमात्य)को १५४ जन्म जयन्ती दिप प्रज्वलन गरी मनाइएको हो।

नेपालभाषा साहित्यमा सिद्धि रामायण लगायत दर्जनौं काव्य कविता लेखेका महाजुको जन्म नेपाल संवत् ९८७ यंलागा द्वितीया (वि.सं. १९२४ आश्विन १ गते) काठमाडौंको जनबहाल, केलटोलमा भएको हो ।  उनले नेपालभाषा पुनर्जागरणका लागि आफ्नो पूरा जीवन समर्पण गरेका कारण उनलाई नेपालभाषाका चार खम्बामध्ये एक मानिँदै आएको छ।

No description available.

भाषिक दमनको उत्कर्षको राणाकालीन युगमा उनले आफ्नो ज्यान जोखिममा राखेरै नेपालभाषाबाट दर्जन भन्दा बढी पुस्तक लेखेका थिए। उनले आफ्नो मातृभाषालाई यति प्रेम गर्थे कि त्यसको सेवामा लागेर आफ्नो व्यावसायिक र पारिवारिक जीवन बिथोलिन पुग्दा पनि उनले त्यसको कुनै सुर्ता लिएनन्।

उनले आफ्नो जीवनकालमा ‘प्रेमसागर’, ‘सिद्धिरामायण’, ‘सत्यसति’, ‘सज्जनकण्ठाभरण’, ‘सत्य ऋण’, ‘सरल श्रुतबोध’, ‘शारदा भजन’, ‘सुख दुःख’, ‘बिजुली’, ‘संग दोष’, ‘साधारण धर्म’, ‘सर्वभक्ति’, ‘सदां लिलाः’, ‘सज्जन हृदयाभरण’, ‘सतनीति’, ‘सप्त विवाद’, ‘संवाद’, ‘सकतां श्लोक’, ‘सल्हा साहुति’, ‘सनातन धर्म’, ‘सप्तस्तुति’, ‘संग सुमन’, ‘स्वंगू गुण’,‘ सकतां माः’, ‘स्वंगू ऋण’, ‘शुकरम्भा संवाद’, ‘समाचार’, ‘स्वदेश वस्त्र’, ‘सर्वबन्धु’, ‘सर्वकर्म’, ‘संचय’, ‘सत्य मदन’, ‘सिद्धिव्याकरण’, ‘शिवपिनास’, ‘शिव विलास’ आदि पुस्तकहरू लेखेका थिए ।

'भाषा रहे जाति रहन्छ' भन्ने मूल मन्त्रलाई आत्मसाथ गरी तत्कालीन राणा शासकहरुको दमनले मराणासन्न स्थितिमा पुगेको नेपाल भाषा साहित्यलाई पुनर्जागरण गर्न उनले अमुल्य योगदान दिएको पाइन्छ । नेपाली भाषामा समेत साहित्य श्रृजना गरेका छन् । 

Amatya Genealogy - Postage stamp of Siddhidas Mahaju issued in 1980.  Siddhidas Mahaju (Nepal Bhasa: सिद्धिदास महाजु) (alternative name:  Siddhidas Amatya) (15 October 1867 - 29 December 1929) was a Nepalese poet

उनले भारतको बेतियाबाट पुस्तक बाइन्डिङको काम सिकेर आएकाले आफैँले लेखेका हस्तलिखित पुस्तक आफैँ बाइन्डिङ गरेर बाँडिदिने गर्दथे, जसका कारण हालसम्म पनि उनको कृति सुरक्षित रहन सकेको देखिन्छ।

कोभिड महामारीको कारण यो वर्ष पहिले जस्तो र्याली भने निकालिएन सामान्य दिप प्रज्वलन गर्दै मनाइएको नेवा:बस्ती नेवा:स्कुल अभियानका अध्यक्ष दिपक तुलाधरले बताए।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...