काठमाडौँ – भगिराज इङ्नामको लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह यस वर्षको मदन पुरस्कार प्रदान गरिएको छ ।
मदन पुरस्कार गुठीको बिहीबार बसेको बैठकले उक्त कृतिलाई मदन पुरस्कार दिने निर्णय गरेको हो ।
त्यस्तै, गुठीका अध्यक्ष कुन्द दीक्षितका अनुसार यसवर्षको जगदम्बा श्री पुरस्कार नृत्यशास्त्री भैरवबहादुर थापालाई प्रदान गरिएको छ । दुबै पुरस्कारको राशी जनही ४ लाख रुपैयाँ रहेको छ ।
मदन पुरस्कार गुठीमा २०७७ सालमा प्राप्त २२२ पुस्तकमध्येबाट गुठीले ९ वटाको मदन पुरस्कार श्रेष्ठ सूची सार्वजनिक गरेको थियो । श्रेष्ठ सूचीमा गिरि श्रीस मगरको एकलब्यको देब्रे हात, कृष्ण अविरलको करिया, कुमार नगरकोटीको कल्प ग्रन्थ, भैरवबहादुर थापाको नृत्याक्षर विज्ञान, प्रभा बरालको फिलिङ्गो, लेखनाथ क्षेत्रीको फुलाङ्गे, केशव दाहालको मोक्षभूमि, जेसन कुँवरको रमिते र इङ्गनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह रहेका थिए ।
गुठीको विज्ञप्तिः
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...