काठमाडाैँ - विगत एक दशकभन्दा लामो समयदेखि ललितकला विधामा आवद्ध कलाकार अमृत कार्कीलाई सृजनशील युवा पुरस्कार, पोखराबाट सम्मानित गरिएको छ ।



काठमाडाैँ विश्वविद्यालयबाट स्नातक अध्ययन गरेका उनले स्कोलरसिपमा बेकनहाउस नेश्नल युनिभर्सिटी, लाहोर पाकिस्तानवाट स्नातकाेत्तर गरेका छन् ।



पेन्टरभन्दा बढी आर्ट विधामा आफूलाई पर्फमर आर्टिस्ट भन्न रुचाउने कार्कीले केही वर्षअघि सिंगो कीर्तिपुर बजारलाई नै ओपन क्यानभास बनाएर ‘द रेक्टेङगल’ शीर्षकमा रङ पोतेका थिए ।



‘म जस्ता हजार सपना बोकेर पढन आउने विधार्थीहरू अन्तमा एउटा कोठाको चारकुनामा निसासिन वाध्य हुन्छन् । त्यसैलाई रिलेट गर्न ओपन क्यानभासमा रङ पोतेको हुँ’, उनले भने ।



सो कामको प्रसंसा फोर्ब्स म्यागेजिन लगायत संसारभरिका दर्जनौँ देशका मिडियाहरूले गरेका थिए । 



कार्कीको संयुक्त रूपमा पचासौँ पटक पेन्टिङ एक्जिविसनहरू भएका छन् ।



‘फायर एण्ड आइस’ ‘वाक ओभर मि’ ‘टाइज द्याट बाइन्ड’ लगायत उनका चुनिएका आर्ट पर्फमेन्सहरू हुन् ।





 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार