काठमाडौं- चर्चित लोक गायिका विष्णु माझीलाई विभुषित हुने भएकी छिन् । सरकारले उनलाई संविधान दिवसको अवसरमा विभुषण प्रदान गर्न लागेको हो ।  

नेपाली लोक तथा दोहोरी गीतमा सर्वाधिक चर्चित र लोकप्रिय गायिका माझीलाई सरकारले विभुषण पाउने व्यक्तिको सूचीमा राखेको छ । यो वर्ष राष्ट्रपतिबाट विभुषित हुने उनी एक्लो गायिका हुन् । 

यस्तै नायिका केकी अधिकारी पनि सरकारबाट विभुषण पाउनेको सूचीमा छन् । उनीबाहेक नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ, नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई पनि विभुषण प्रदान गरिने भएको छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...