विष्णु पादुका

रिलेको सानो घेरामा
आज म जहाँ छु 
हिजो कोही थियो 
भोलि कोही अरू हुनेछ

उमेरको दौलत लुटाएपछि
जो कोही देखिन्छ 
झुलुक्क,
फेरि पनि
अधुरो इन्द्रेणी जस्तो जीवन
रंगहरूको थपघट गर्दा
नभेटिएका पानीका रंगहरूको खोज मै 
सकिने रहेछ,

ठेगाना धेरै भएर हो कि,
कतै नपुगेको देखिने,

म शक्तिमा  छु 
भन्ने महसुसको बिन्दुबाट नै 
जो कसैको पतन शुरू हुन्छ,

अहंको 
उपल्लो तलोदेखि हेर्दा 
आफ्नै सिरानी न देखिने रहेछ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।