कहिले यस्तो पनि होस्
कि
हामी सबथोक भुलौँ
कसैसँग कुनै बाचा नगरौँ
भित्तामा टाँगिएको तस्वीरसँग बोलौँ
चिठी लेखौँ गुमनाम ठेगानालाई
पुरानै चुट्किलामाथि हासौँ,
दिनभर तलाउमा पैताला डुबाएर बसौँ !
बाटो बिराउदैँ बिराउदैँ साझमा फर्कौ,
बुझेको तलबलाई दोहोर्याएर नगनौँ !
रटाइएको सरगम नगाऔँ
एकपटक आफैँलाई जन्माऔँ
कहिले यस्तो पनि होस्
कि
हामीले सिकौँ
खुसी रहने कला !
जो दुनियाँमा कसैले सिकाउन सक्दैन ।
धुवाँको धागोबाट साभार
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...