काठमाडौं- चर्चित लोकगायिका विष्णु माझीको अवस्था सामाजिक सञ्जालमा आएका टीका-टिप्पणीजस्तो नभएको प्रहरीले बताएको छ । माझीको अवस्था बुझ्न उनको माइती घर स्याङ्जा पुगेको प्रहरीको टोलीले सो कुरा बताएको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रमुख एसपी प्रमुख होविन्द्र बोगटीका अनुसार माझीको पछिल्लो गीत ‘चरी जेलैमा’ चर्चित भएपछि उनको अवस्थाबारे विभिन्न टीकाटिप्पणी भएपछि प्रहरी उनको घरमा पुगेको हो । 

‘माझीबारे विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्चालमा टीकाटिप्पणी आएपछि हाम्रो टोली उनको माइती घरमा पुगेको हो,’ बोगटीले भने, 'उनको अवस्था बाहिर आएजस्तो रहेनछ ।'

एसपी बोगटीका अनुसार माझीका आमाबुबाको दुवैको निधन भइसकेको छ । माझीका दाइ र बहिनी मात्रै छन् । ‘माझीको दाइ घरबाहिर रहेछन्, बहिनीलाई प्रहरीले भेटेर कुरा गरेको छ । बहिनी धेरै बोल्न नमाने पनि उनले दिदी विष्णु माझीसँग सम्पर्क हुने गरेको बताएकी छिन्,’ बोगटी भन्छन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...