हजुरले छोडेर गएदेखि त...
सोल्टीनी..
आजभोलि कता-कता
यो मन पनि...
हजुरकै सम्झनामा बिरक्तिनु थालेको छ ।
साउनका झरिले
बगाउन नसकेका यी हजुरका यादहरू ।
बलेसीमा परेको पानीसँगै
हिउँदका चर्को घामले
मेटाउन नसकेका
हजुरको पैतालाको डोबहरू
म
एकैछिन्
हेर्छु
मेरा घरको आगँनीमा ।
घाँस दाउरा
मेलापात गर्दा
अरुणा लामाको
गीत गुनगुनाईरहने
आवाज आजकल सुन्न नपाउँदा
कता.....कता....
यी...प्रिय...मेरा गाउँपनि
सुनसान भए जस्तो लाग्नु थालेको छ ।
हजुरले त
जिन्दगीको पानामा
कहिले नमेटिने
रहराउने गरी
थुप्रैथुप्रै,
इतिहास कोर्नुभएको छ
सोल्टीनी
हाम्रो अन्तिम भेट हुनु थिएछ ।
सोल्टीनी
मेरो घर
खोल्सी पारीपट्टी
भ्याक्सु चौकमा ।
निक्कै अबेसम्म हामी बस्यौँ ।
र
छुट्ने बेला त
हजुरको आँखा निक्कै रसाएको थियो ।
बस्नु है सोल्टी
अब त जानु पर्यो भनी ।
हजुर पनि आफ्नो गाउँतिर लाग्नु भो र
म
पनि
आग्नो घरतिर लागे
त्यस पछि कहिले
भेट भएन
मेरो
सोल्टीनी
हजुरसित
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...