गाउँकाे सानाे थातथलाेबाट भागेर सपनाकाे पन्तुरसँगै यस बिरानाे सहर आइपुगेकाे एउटा जाजाबर बस्छ यतैकतै । मनमा गरुङ्गाे भारी बाेकेर थाकिसकेकाे कुनै अपरिचित बटुवाजस्तै थकित देखिन्छ । के हाेला उसकाे मनमा र यति उदास देखिन्छ उसकाे मुहार ? हिँड्दा-हिँड्दैकाे बाटाे हराएझैँ । जीवनकाे सफरमा दुख साट्ने संगी हराएझैँ ।
२/४ दिन अगाडि जाजाबरले एउटा स्टाटस लेखेकाे थियाे :"हामीले एकअर्काको खबर नसाेधेकाे पनि धेरै भइसकेछ, हामीले एकअर्कालाई बिर्सिएझैँ गरेको पनि धेरै भइसकेछ ।" म जाजाबरलाई साेध्छु :"किन बारम्बार यस्ताे लेख्छाै ? जाजाबर बाेल्छ : "लेखेर कहाँ सकिँदाे रहेछ र, समयकाे हाँगामा अल्झिएकाे जीवनकाे गीत।"
जाजाबर आजभन्दा ठिक ६ बर्ष अगाडि हरियाे जेब्रामा केही जाेर लुगा,एउटा राइस कुकर, २ वटा स्टिलकाे थाल र जतनले सम्हालिराखेकाे केही थान सपना बाेकेर याे सहर आइपुगेँकाे हुँ भन्छ । यति भन्दै गर्दा आँखाबाट खस्नै लागेकाे आँसुकाे बूँद देख्दा लाग्छ, साँच्चै जाजाबर हारिसकेकाे छ समयसँग । साँच्चै जाजाबर थाकिसकेकाे छ परिस्थितिसँग ।
खस्नै लागेकाे आँसुकाे बूँद थाम्न खाेज्दै हाँस्न खाेजझैँ गरेर बाेल्छ : " म खाेला हुँ समयले थुनिदिएकाे । काेहि आउँछन् दुवाली छेक्छन् र मेरो बाटाे राेकिदिन्छन् । काेहि आउँछन् भंगालो काट्छन् र मेरो बाटाे माेडिदिन्छन् । म सिर्फ खाेला हुँ खाेला। "
जाजाबरले थाम्न खाेज्दाखाेज्दै चिया राखिएकाे टेबलमा आँसु खस्छ । भर्खरै झरि थामिएर कर्कलाकाे पातबाट खसेकाे पानीकाे थाेपाजस्तै । जाजाबरका आँखाबाट खसेका आँसुका हरफहरुले भनिसकेका छन्...जाजाबर साँच्चै भत्किसकेका छन् । जाजाबर साँच्चै टुटिसकेका छन् ।
आकाशतिर हेरेझैँ गरेर जाजाबरले आँसु पुस्छ । टेबलबाट चिया टिप्दै गर्दा उसले भन्छ :"जीवनमा थाक्न पाइन्छ तर हार्न पाइन्न ।" मलाई थाह छ, उसले जति दर्शन बाेले पनि यतार्थमा जाजाबर स्वयम थाकेकाे मात्रै हाेइन खासमा हारिसकेकाे छ जीवनबाट ।
जाजाबर र मेरो सम्बन्धकाे आयु उ जति बर्ष पुग्याे त्यतिनै बर्ष पुगिसकेकाे छ । केही बर्ष अघि जाजाबरकाे सानाे चिया पसल थियो किष्ट हस्पिटल छेउमा । सानाे चिया दाेकानजस्तै उसकाे छुट्टै एउटा सानाे संसार पनि थियोे । अहिले किष्ट हस्पिटल छेउमा जाजाबरकाे सानाे चिया पसल छैन । सँगै उसकाे सानाे संसार पनि छैन । चिया पसल कसैले आफ्नाे बनाएझैँ , जाजाबरकाे सानाे संसार पनि कसैले आफ्नाे बनाइसकेकाे छ ।
जाजाबरले थाम्न खाेज्दाखाेज्दै चिया राखिएकाे टेबलमा आँसु खस्छ । भर्खरै झरि थामिएर कर्कलाकाे पातबाट खसेकाे पानीकाे थाेपाजस्तै । जाजाबरका आँखाबाट खसेका आँसुका हरफहरुले भनिसकेका छन्...जाजाबर साँच्चै भत्किसकेका छन् । जाजाबर साँच्चै टुटिसकेका छन् ।
२/४ दिन अगाडि जाजाबरले एउटा स्टाटस लेखेकाे थियाे :"हामीले एकअर्काको खबर नसाेधेकाे पनि धेरै भइसकेछ, हामीले एकअर्कालाई बिर्सिएझैँ गरेको पनि धेरै भइसकेछ ।" म जाजाबरलाई साेध्छु :"किन बारम्बार यस्ताे लेख्छाै ? जाजाबर बाेल्छ : "लेखेर कहाँ सकिँदाे रहेछ र, समयकाे हाँगामा अल्झिएकाे जीवनकाे गीत।"
बाेल्दै जाँदा जाजाबरका आँखामा टिल्पिलाएका आँसु देखेर मलाई सम्हालिन गाह्रो भयाे । कुनै बहाना बनाएर अर्को पटक भेट्ने बाचा गर्दै म उसलाई विदा माग्छु:
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...