‘मेरो शहर एउटा लामो बहस जस्तो छ’
‘मेरो शहर एउटा लामो बहस जस्तो छ’
भावनात्मक स्वतन्त्रता र सामाजिक स्वतन्त्रताका खातिर बोल्ने अमृता प्रीतम (१९१९ अगस्ट ३१- २००५ अक्टुबर ३१) पञ्जाबीको सबैभन्दा लोकप्रिय लेखकहरू मध्ये एक थिइन् । पञ्जाबको गुजरावाला जिल्लामा जन्मेकी अमृता प्रितमलाई पञ्जाबी भाषाको पहिलो कवियत्री मानिन्छ । उनले लगभग १०० पुस्तकहरू लेखेकी छिन् जसमा उनको चर्चित आत्मकथा 'रसीदी टिकट' पनि समावेश रहेको छ । अमृता प्रितम त्यो साहित्यकाहरू मध्ये थिइन् जसको कृतिहरूलाई अनेक भाषाहरूमा अनुवाद गरिएको थियो । आफ्नो अन्तिम दिनहरूमा अमृता प्रितमलाई भारतको दोस्रो सबभन्दा ठुलो सम्मान पद्म विभूषण पनि प्राप्त भएको थियो । उनलाई साहित्य एकेडेमी पुरस्कारले पहिले नै सम्मानित गरिएको थियो ।
उनको जन्मदिनमा द मार्जिन ले उनको एक प्रसिद्ध कविता प्रस्तुत गर्दछ ;
‘मेरो शहर एउटा लामो बहस जस्तो छ’
मेरो शहर एउटा लामो बहस जस्तो छ,
सडकहहरू- बेतुकका धारणाहरूझैँ
र, गल्लीहरू यस्ता छन्ः
जहाँ कुनै एउटा कुरालाई
कोही यता घिसारिरहन्छ,
कोही उता घिच्याइरहन्छ
हरेक घरहरू मुठ्ठीझैँ कसिएर उचालिएका,
पर्खालहरू- झिझकलाग्दा, किचकिच-किचकिच गरिरहेका,
र, नालीहरू, निरन्तर दुर्गन्धको फोहोरा ओकलिरहेका,
यो बहस सूर्यदेखि शुरू भएको थियो
र, उसकै गर्मीलाई देखेर बहस अझ तात्ने गरिरहन्छ,
र, हर ढोकाको मुखबाट
साइकल र स्कुटरका पांग्राहरू
गल्लीको तर्फ निक्लिरहन्छन्,
र, घन्टीहर्नहरू मानौं एकअर्कामाथि झम्टीरहेका छन्
यस शहरमा जब कुनै बच्चा जन्मिन्छ,
ऊ सोध्छ कि, के कुरामा आधारित् भएर यो बहस चलिरहेको छ ?
फेरी उसको प्रश्न नै एक बहस बनिदिन्छ
बहसबाट निक्लिदै, बहसमै समेटीदै..!
शंख,घण्टहरूको साँस सुक्छ,
रात आउँछ, टिलपिलाउछ र गइजान्छ
तर, निन्द्रामा पनि बहसको अन्त्य हुँदैन
मेरो शहर एउटा लामो बहस जस्तो छ..!
-अमृता प्रीतम
पञ्जाबी कवि अमृता प्रितमको 'मेरा शहर एक लंबी बहस की तरह है'को नेपाली अनुवाद राजु झल्लु प्रसादले गरेका हुन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...