लम्जुङका कवि हरिशरण परियार समसामयिक विषयवस्तुमा गहिरो चासो र दख्खल राख्ने कवि हुन् ।

हरिशरण परियार

समयको वेगलाई कसले समाएको छ यति बिघ्न निष्ठुर हुनेगरी ?

कसले राेकेकाे छ मैले फेर्ने श्वास?

कसले भत्काइ हिँडेकाे छ मैले हिँड्ने गाेरेटाे ?

कसले ढपक्क छाेपेकाे छ म सम्म आइपुग्ने उज्यालो ?

 

किन बुझ्दैन उ ?

जब, जब बन्धक हुन्छ

हिँड्ने बाटाे

फेर्ने श्वास

देख्ने उज्यालाे

फुट्छ विचारकाे परमाणु बम

र सुरु हुन्छ भीषण युद्ध। 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...