केइथ हान्क बिल्कुलै सुनिएको नाम होइन तर उनको कविताहोपलेस्ली इन लव विश्वमा उत्कृष्ट प्रेम कवितामा दरिन्छ

प्रश्तुत उनको कविताको नेपाली भावानुवाद अधिर भएर तिम्रो प्रेममा डुबेको छुः'

 

केइथ हान्क

तिमीलाई भेट्नु अघि,

लाग्थ्यो कदाचित कसैलाई प्रेम गर्न सक्दिन

किनकी, मलाई लाग्थ्यो

कसैले पनि मेरो हृदयको निस्सारतालाई भर्न सक्ने छैन

 

तर, जब मैले तिमीलाई भेटे,

 यि सबै चिज बदलिए

लगत्तै मलाई महशुस भयो

तिमी सँधै मेरो मन मथिङ्गलमा अवस्थित छौ

 

तिमी हँसिलो प्रिय छौ,

मेरो ओठमा मुस्कान भरिदिन्छौं,

मेरा आवेग वेदना सबै एकाएक विलुप्त पारिदिन्छौ

 

कमजोर हुन्छु जब तिमी सँग बोल्छु

त्यसपछि हो

मैले तिम्रा नाममा कविता कोर्न थालेको

अहिले मैले आत्मवोध गरिसकेको छु,

म अधीर भएर तिम्रो प्रेममा डुबेको छु ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...