झापा- नेपाली  साहित्यमा गजल विधाको जगेर्ना गर्न एं गजल सर्जकहरूको हौसला बढाउने उद्देश्यले उर्लाबारी गजल मन्चले ‘खुल्ला नेपाली गजल प्रतियोगिता-२०७८’ गर्ने भएको छ । मन्चले आगामी असोज १६ गते प्रतियोगिता आयोजना गर्न लागेको हो । 

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने एक-एक जना विजयी गजलकारलाई क्रमशः नगद रु.२५,०००/- रु. १५,०००/- रु. १०,०००/- र सम्मान पत्रसहित पुरस्कृत गरिने आयोजकले बताएको छ ।

गजल प्रतियोगिताका नियमहरू :

१. प्रतियोगितामा सहभागी हुन चाहनु हुने गजलकारहरूले प्रतियोगी गजलको साथमा आफ्नो पूरा नाम, ठेगाना, सम्पर्क नम्बर र Email Id समेत उल्लेख गरी गजल सर्जकले मिति २०७८ असोज ५ गतेसम्ममा यस उर्लाबारी गजल मञ्चको Email: [email protected] मा रचना पठाइसक्नुपर्ने छ ।

२. कम्तीमा ५ शेरदेखि बढीमा ७ शेरसम्मको प्रतियोगी गजल शुद्ध नेपाली भाषामा टाइप गरिएको हुनुपर्ने छ । 

३. गजल पूर्णत: मौलिक, कुनै पनि छापा तथा अन्य कुनै माध्यमबाट प्रकाशित वा प्रसारित नभएको र कुनै पनि प्रतियोगितामा वाचन नभएको हुनुपर्ने छ । प्रतियोगी गजलको कुनै एक अंश वा पूरा भाग चोरिएको, छापिएको वा अन्य कुनै पनि प्रतियोगितामा सहभागी भएको पाइएमा रचना अयोग्य मानिने छ। विजयी रचनामा यस प्रकारको दाबी विरोध भइ आएमा त्यसलाई खारेज गरी उत्कृष्टता क्रमको आधारमा अर्को गजललाई विजयी घोषणा गरिने छ ।

४. दिइएको ठेगानामा पठाएको गजल मात्रै मान्य हुने छ । एकजना प्रतियोगीले एउटा मात्र गजल पठाउनुहुन अनुरोध गरिन्छ । एउटै गजलकारको एकभन्दा बढी गजल सहभागिताको लागि आएमा अन्तिम एउटा गजललाई मात्र प्रतियोगी गजल मानिने छ ।

५. गजल मूल्याङ्कनका आधार विचार, शिल्प, शैली, व्याकरण र भाषा हुनेछन् गजलका आधारभूत सबै मान्यताहरूको पालना गरी रचना गरिएको बहर र बेवहर दुबै प्रकारका पूर्ण गजललाई मान्यता दिइनेछ । बेवहर गजल कम्तीमा लयमा हुनुपर्ने छ । 

 

६. निर्णायकको निर्णय नै अन्तिम मानिने छ, माथि ३ नं. बुदासँग सम्बन्धित विषयबाहेक निर्णायकको निर्णयमाथि अन्य कुनै पनि खालका दाबी विरोध वा उजुरी लाग्ने छैन ।

७. उर्लाबारी गजल मञ्चका सदस्यहरूबाहेक विश्वको जुनसुकै देश तथा क्षेत्रमा रहनुभएका इच्छुक नेपालीभाषी गजलकारहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नुहुने छ । 

८. प्रतियोगिताको नतिजा यस उर्लाबारी गजलमञ्चको आधिकारिक फेसबुक पेज "उर्लाबारी गजलमञ्च" बाट लाइभ कार्यक्रममार्फत सार्वजनिक गरिने छ ।

९. प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने एक-एक जना विजयी गजलकारलाई क्रमशः नगद रु.२५,०००/- रु. १५,०००/- रु. १०,०००/- र सम्मान पत्रसहित पुरस्कृत गरिने छ ।

हेर्नुहोस् विज्ञप्ति;

No description available.

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...