काठमाडौँ – नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘किराती लोकसाहित्य’ प्रकाशित गरेको छ ।

किराती समुदायमा मौखिक वाङ्मयका रूपमा रहेको लोकसाहित्य पुस्तकाका रूपमा प्रकाशन भएको हो ।

नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागको अनुसन्धान परियोजनाअन्तर्गत विभागीय प्रमुख प्राज्ञ लक्ष्मी माली र मुन्धुमविद् तथा किराती संस्कृति अन्वेषक भोगीराज चाम्लिङको सङ्कलन तथा सम्पादनमा पुस्तक तयार भएको हो ।

पुस्तकमा वल्लो किरात, माझ किरात र पल्लो किरातका १७ ओटा भाषाका लोकसाहित्य समेटिएको छ ।

‘किराती लोकसाहित्य’ भाग १ का रूपमा यो पुस्तक आएको हो । पुस्तकमा समाविष्ट सामग्रीहरू सम्बन्धित भाषासहित नेपाली भाषामा अनूदित गरी राखिएका छन् ।

३१६ पृष्ठको पुस्तकको मूल्य रु. ३४० रहेको छ ।⁠

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...