जोगाउँदैन कमिलाले ए ! फूलका कुमारी हो
बच्नू ! नजर नि भमराको यौटा कुशल सिकारी हो
एकान्त एउटा वनमा शालिक परेड खेल्दैछन्
टिष्टा र काँगडा खोस्ने त्यो आन्तरिक तयारी हो
सोध्छन् अचेल धेरैले कति छ्स् नजिक खुशीसँग
भन्दिन्छु हर किनाराझैँ हाम्रो पनि चिनारी हो
भन्नेहरुले भन्दा हुन् सम्पत्ति छैन यो सँग
के ´था मगज र यो यौवन पैसा र खेतबारी हो
गन्तव्य छैन छोएको अझ सम्म बाको गोडाले
सायद जेठाजु गोडा हो गन्तव्य चैँ बुहारी हो ।
बि.सं. २०४६/०२/०६ मा जन्मिएका बसन्त ओली पछिल्लो समयका सक्रिय गजलकार हुन् । उनको यसअघि 'तिर्सना' उपन्यास संग्रह, 'कोशेली' संयुक्त मुक्तक संग्रह,'इन्द्रेणी' संयुक्त गजल संग्रह प्रकाशित छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...