✍️ परास्त पराक्रम 

घेराबन्दीमा छ, ऊ साँझ बिहान भोकसँगै 
खान पाउँदैनन्, पेटभर सरकारी रोकसँगै

बचाउने अब भोकबाट कि रोगबाट बाजे
निन्याउरो छ, अनुहार बा मरेको शोकसँगै

त्रासदीमा बाहिर निस्कनु के रहरै होला ?
थाहा छ, उसलाई म मर्छु घातक रोगसँगै

टिप्स् नि दिन छाडिगयौ त आजकाल
बरै मुस्कुराउँथे कि, ति कोरोना जोकसँगै

ति भोको पेटका व्यथा त तिमी बुझ्दैनौँ
रमाउछौ चौरासी व्यञ्जन सब थोकसँगै ।

 

सुर्यविनायक ८, भक्तपुर 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...