समयले चढाएको

दुखको बडेमान पुष्पगुच्छा

सपनाको, 

आगनैभरी मुस्कुराईरहेका

रहरका यौवन फूलहरू

 

विवशताको तारेभीरमा 

अड्किरहेको यो काँतर मन

खै !

समयको कुन नदिमा गएर बग्छ ?

यो अल्लारे उमेरको भविष्य

 

एउटा अस्थिपन्जर,

जो सपनाको कहालीलाग्दो  धुन बोकेर 

अस्तव्यस्त दगुरिरहेछ 

समयको भीरैभीर ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...