हिजो छाती थापेकालाई आज पिठ्युँ फर्काएर
हिँड्न मन छ तिनका अघि नजर कर्काएर ।
हिजो सानाे थियो होला समर्थनको ताली
आज विरोध गर्न मन छ गाँवै थर्काएर ।
जसले दियो विश्वासमाथि यति ठूलो धोका
चखाउनु छ घातको पीडा उनलाई खर्काएर।
जब जुट्छन् देश बनाउन परिपक्क युवा
तब फुट्छ विकासको मूल पाषाण चर्काएर ।
छोडौँ आजैबाट कालोलाई सेतो भन्न
अघि बढौँ आलस्यको बाटो तर्काएर ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...