प्रकाश आङदेम्बे कला, साहित्य साधकका साथै निर्माता/निर्देशक हुन् ।
१. नदी र किनारहरू
दुई किनारहरूले सोचे
नदीले हामीलाई कहिल्यै मिल्न दिएन ।
अन्ततः
षड्यन्त्र गरेर उनीहरूले नदीको हत्या गरे
जति बेला नदीको हत्या भयो
ठीक त्यही बेला किनाराहरूको अस्तित्व पनि सदाका लागि समाप्त भयो ।
२. फिरफिरे
हागाँबाट चुँडायौ
मेरो भेट्नो छिनाल्यौ
शिर, पुछार निर्मम च्यात्यौ
तिखो हतियारले मेरो मुटुमा रोप्यौ
अझ आँधी, हुरीतिर फर्काएर राख्यौ
त्यसपछि हो मैले गति लिएको
त्यसपछि हो म फिरफिरे जन्मिएको ।
३. बिडम्बना
ताल पुरानो भयो
ताल साँघुरो भयो
ताल बासी भयो
पानी गन्हायो
किरा पर्यो
यी
सारा संरचना/व्यवस्था विरुद्ध
अहसमति जनाउँदै
असन्तुष्टि पोख्दै
विद्रोह/क्रान्ति गर्न
एउटा माछा
पानी बाहिर निस्केर बगरमा पुग्यो।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...