भुमरीसँगै सफर छ, कुन पल के पर्छ पर्छ । 

तकदिर मजाक गर्छ, कुन पल के पर्छ पर्छ । 

 

हाँसो लुटाउनलाई तैयार बस्नु ए !  मन, 

ऊ आउने खबर छ, कुन पल के पर्छ पर्छ । 

 

हरचोक चोकभित्र घाइते मुटु भेटिन्छन्, 

मनसँग मनको भर छ, कुन पल के पर्छ पर्छ । 

 

सौभाग्य 'चम्किने' छ या योग 'झर्नुपर्ने', 

तारासरी रहर छ, कुन पल के पर्छ पर्छ । 

 

हालत के होला जगको भित्ताहरू के गर्लान्? 

छानो बिनाको घर छ, कुन पल के पर्छ पर्छ ।

 

 

नाम - आर्य आयुषा कार्की

जन्मस्थान - चौतारा, सिन्धुपाल्चोक 

पितामाता- हरि बहादुर, हरिदेवि कार्की

अध्ययन- स्नातकोत्तर, महेन्द्र रत्न क्याम्पस, ताहाचल

प्रकाशित कृति -  "इन्द्रेणी-2" संयुक्त गजल संग्रह

आवद्ध संस्था  - बहर- बहार

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...