आङ्साराङ, पाँचथरमा जन्मिएका कवि उपेन्द्र सुब्बा नेपाली वाङ्मयका चर्चित सर्जक हुन् । सिर्जनशील अराजकता साहित्यिक अभियानका अभियान्ता समेत रहेका सुब्बाका डाँडामाथिको घामजून र गडतीरको रांकेभूतहरू (कविता संग्रह), होङग्रायो भोग पाङग्रा (कविता संग्रह), खोलाको गीत (कविता संग्रह), लाटाे पहाड (कथा संग्रह) लगायत कृतिहरू प्रकाशित छन् । कबड्डीकबड्डी कबड्डीतान्द्राेपुरानाे डुंगा र देश खाेज्दै जाँदाजस्ता सिनेमाहरू लेखेका सुब्बा अभिनयमा समेत सक्रिय छन् । 

बाउले नपढेर दुःख पाए
मैले पढेर दुःख पाएँ ।
गाउँमा-
बाउ हलो जोतिरा'छन्
म सहरमा टाउको जोतिरा'छु ।
गरेर खानलाई
बाउसँग संसार छ
भोकभोकै मर्न तयार
मसँग अहङ्कार छ ।
बाउले नपढेर दुःख पाए
मैले पढेर दुःख पाएँ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

उपेन्द्र सुब्बा

लेखकबाट थप...

सम्बन्धित समाचार