काठमाडौँ – ‘द भ्वाइस अफ नेपाल ३’ को उपाधि किरण गजमेरले जितेका छन् । शनिबार द भ्वाइस अफ नेपालको सेटमै भएको ग्राण्ड फिनालेमा किरणले सबैभन्दा बढी भोट ल्याएर ‘द भ्वाइस अफ नेपाल३’को विजेता बनेका हुन् । 

दिप श्रेष्ठको टिमबाट आर्यन तामाङ, प्रमोद खरेलको टिमबाट किरण गजमेर,  राजु लामाको टिमबाट तारा श्रीश मगर र  तृष्णा गुरुङको टिमबाट ज्वाला राई फाइनल पुगेका थिए। जसमध्ये टिम प्रमोदबाट किरणले हात पारेका हुन।

टाइटल जितेसँगै किरणले २५ लाख पुरस्कार पाउने छन् । किरणले उपाधि जितेपछि आफूलाई विश्वभरबाट भोट गर्ने सबै नेपालीलाई धन्यवाद दिए । किरणले भने– ‘म यो मायाको लागि सधैं नै ऋणी भएको छु । मैले, अब नेपाली संगीतबाट केही लिने भन्दा पनि केही दिने बेला आएको छ ।’

सिजन–१ मा कोच दीप श्रेष्ठबाट सिडी विजय अधिकारी र सिजन(२ मा टिम प्रमोदबाट राम लिम्बुले ‘द भ्वाइस अफ नेपाल’को उपाधि जितेका थिए।

हाल अमेरिकामा बस्दै आएका किरण झापाको खुदुनाबारी शिविरमा जन्मेका हुन् । उनका बुवा भुटानबाट लखेटिए पछि मुलथलो नेपाल आइपुगेका थिए। किरणको बाल्यकाल खुदुनाबारी शिविरमा बित्यो । अमेरिका लगायत विभिन्न ८ देशले आफूहरुले संरक्षण दिने भनेपछि किरण १४ वर्षको उमेरमा परिवारसहित अमेरिका पुगेका थिए ।

याे पनिः को हुन् किरण गजमेर ? एक शुभेच्छुकको अनुभूति !

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...