विसं २०२८ मा जन्मेकी जनताकी कवि निभा शाह सशक्त प्रगतिवादी हस्ताक्षर हुन् । शाहका  ‘मनसरा’, ‘इन्कलाब जिन्दावाद’ र ‘कालापानीकी द्रौपदी’ कवितासंग्रहहरू प्रकाशित छन् । 

माओहरू बिल गेट्स बनेपछि
छाप्रोहरूले भने –
यो त
रगतको होली हो
तर
महलहरूले भने –
यही त दिपावली हो ।
लेनिनहरू खुस्चेब बनेपछि
नोराहरूले भने –
यो त विश्वासघात हो
तर
रेगनहरूले भने –
यही त मार्क्सवाद हो ।

शाहको कविता संग्रह ‘मनसरा’ बाट साभार ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

निभा शाह

लेखकबाट थप...