काठमाडौँ – कवि तथा पत्रकार विमला तुम्खेवाको कविता सुदूरपश्चिम विश्वविद्यालयमा पढाइ हुने भएको छ ।
कवि तुम्खेवाको कविता सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत स्नातक तहमा पढाइने भएको हो ।
सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका सोह्र कलेजहरूमा स्नातक तहको पहिलो वर्षको पाठ्यक्रममा तुम्खेवाको कविता समावेश गरिएको विश्वविद्यालयले जनाएकाे छ ।
कवि तुम्खेवाका विमला तुम्खेवाका कविताहरू २०५५, नदी, छाल र तरङ्गहरू २०६०, सस्मरण एउटा बूढो रूखको २०६५, हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे २०७५ लगायतका कविता सङ्ग्रहहरू प्रकाशित छन् ।
२५ वर्षदेखि लेखनमा सक्रिय तुम्खेवा महिलाका मुद्दालाई केन्द्र बनाएर निरन्तर लेखनमा छिन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...