स्वप्निल स्मृति प्रसिद्ध समकालीन कवि हुन् । सीमान्तकृत, आदिवासी, अल्पसंख्यक आदिको सांस्कृतिक-सामाजिक पहिचानबारे प्रखर कविता लेख्ने स्मृतिका 'रङ्गैरङ्गको भीर' र 'बाडुली र सुदुर सम्झना' कवितासङ्ग्रह प्रकाशित छन् ।  

त्यसो त दरबारमा-
धेरैपटक मरिसकेका हुन्छन् जङ् ग ब हा दु र ह रू ।

जङ्गबहादुरहरू
अस्पतालमा मर्छन् पटकपटक
बाँचुलाझैँ गर्छन् मृत्यूशैय्याहरू समेत
फेरि कहिल्यै मर्दैनन् अस्पतालमा बिरामीहरू ।

जङगबहादुरहरू
अखबारमा मर्छन् दोस्रोपटक
आयु थपिए झैँ चम्चमाउँछन् पाठकका आँखाहरू ।

जङबहादुरहरू
इतिहासमा मर्छन् अन्तिमपटक
काला पन्नाहरु पल्टाएर कालखण्डहरू
छक्क पर्छन् विद्यार्थीहरू –
किन जन्मिरहन्छन् हँ नयाँ जङ् ग ब हा दु र ह रू

रङ्गैरङ्गको भीरबाट साभार

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

स्वप्निल स्मृति

लेखकबाट थप...