भूपेन्द्र पाण्डे

भूपेन्द्र पाण्डे साहित्यका विभिन्न विधाका साथै स्वास्थ्य एवं समसामयिक विषयमा कलम चलाउँछन् ।

"पिउँदिन भन्दा भन्दै पिलायो साथीले 
म छु भन्दै भरोसा दिलायो साथीले"- निहारिका शाही/ शिव परियार 

उल्लेखित हरफ/ शेर नेपाली सङ्गीत पारखीमा चलेको गीत हो ।

अक्सर साथीहरूले 'जुटौँ न त आज, जमौँ न त आज, बसौँ न त आज 'भन्ने बित्तिकै याद आउँछ । माथिका शब्द  साथी समूहहरू बिच प्रयोग हुने मिठास पूर्ण चलनचल्तीका शब्द हुन् । अन्य अर्थ नलागेमा उल्लेखित शब्दको अर्थ साथी समूह मिलेर कुनै बाहानमा रक्सी/ मदिरा सेवन गरौँ भन्ने हुन्छ । सामान्यतया अहिलेको सामाजिक अवस्थामा  रक्सीलाई सामान्यीकरण गरेर हेर्दा यो सुख, दुःख, पीडा, खुसी, सफलता, असफलता तथा संस्कृति साटफेरको माध्यमको रूपमा लिने गरेको पाइन्छ । 

विभिन्न बाहानमा रक्सी विभिन्न उमेर समूहका व्यक्तिमा र व्यक्ति रक्सीमा पुगेको प्रस्ट देख्न सकिन्छ । रक्सी/ मदिरा सम्बन्धी लेखिएका विभिन्न साहित्य रचनाहरू बाट नै रक्सीको महिमा र प्रयोगको अवस्था बुझ्न सकिन्छ ।  

उदाहरण:

"जो दिलकी मस्ती है ओ रङ्ग लाती हैं
नसा सराबे होती तो नाच्ती बोतल हैं"
- पङ्कज उदास

"बेहोसी पछि होसमा आउँदा क्या दामी भो
पिउनेमा पिलाउनेको क्या बदनामी भो
" - राजेन्द्र थापा/ शिव परियार 

के हो त रक्सी/ मदिरा? 

सामान्य अर्थमा भन्दा रक्सी नसा वा मत्त्याउने पेय पदार्थ हो । जसको कार्य व्यक्तिमा मादकता थप्ने हुन्छ ।  नेपाली बृहत् शब्दकोशका अनुसार "अन्न फलफूल आदि कुहाएर मर्चा मिलाई नशा लाग्ने बनाएको मध्, मदिरा, दारु" भन्ने बुझिन्छ । सरल अर्थमा भन्नू पर्दा जाँडलाई पकाएर त्यसको बाफ बाट बनाइने मादक पदार्थ हो । कार्बोहाइड्रेट (अन्न, फलफूल) युक्त खाद्यपदार्थ कुहाएर त्यस मर्चा (टिस्ट नामक ब्याक्टेरिया) हाली जाँड बनाइन्छ र उक्त जाँडलाई निश्चित समय अवधि थप कुहाई त्यसलाई निश्चित तापक्रममा पकाएपछि । उक्त तापको कारण बाफ बनेर निस्किने तरल पदार्थ नै रक्सी हो । जो गन्ध तथा स्वाद युक्त हुन्छ । 

रक्सीका प्रकार र यसको इतिहास:

रक्सी वा मदिरालाई नाम निर्माण प्रक्रिया तथा प्रयोगको आधारमा विभिन्न प्रकारले विभाजन गरेको पाइन्छ । विशेष गरी रक्सी कुहाएर/ सडाएर बनाउने ( fermented ) र वाष्पीकरण गरेर निर्माण गर्ने ( Distillation) गरी दुई भागमा बाँड्न सकिन्छ । केही अध्ययन अनुसार पूर्वीय दर्शन शास्त्रहरूमा उल्लेख गरिएको सोम रस fermented रक्सी हो भन्ने उल्लेख गरिएको पाइन्छ । fermented रक्सी अन्न तथा फलफूललाई कुहाएर त्यसमा मर्चा मिसाई प्राकृतिक रूपमा तयार पारिने रक्सी हो । जस्तै घरेलु रक्सी ।  Distillation (वाष्पीकरण) रक्सी अन्नलाई कुहाई त्यसमा मर्चा मिसाई निश्चित समय पुनः कुहाई त्यसलाई निश्चित तापक्रममा निश्चित समय र पटक तताइ बाफ निकालेर निर्माण गरिने रक्सी हो । अपवाद बाहेकका वाइन, भोड्का, रम, बियर आदि डिस्टिल्ड रक्सीका प्रकार हुन्न ।

मदिरा सेवनको प्रचलन परापूर्व काल देखि चल्दै आइरहेको छ, अझ भनौँ मानव जातिको उत्पत्तिको इतिहास सङ्गै जोडिन पुगेको छ । प्राचीन मानव समाजमा अन्न तथा फलफूल तथा जनावर, पशुपंक्षीका छाला/मासु कुहाएर समेत मदिरा उत्पादन र सेवन गरिँदै आइएको तथ्यहरू फेला परेको विभिन्न अध्ययन बाट पुष्टि हुन्छ । प्राचीन धर्मग्रन्थ तथा पुराणहरूमा रक्सीलाई विषजन्य पदार्थको (सोम, प्रहामना) जस्ता नामले व्याख्या गरेको पाइन्छ । अन्नबाट यदि बनाइएको रक्सी असुरहरूले प्रयोग गर्दथे र त्यसलाई विष भनिन्थ्यो भने फलफूल, वनस्पतिबाट उत्पादन भएको रक्सी छ भने त्यसलाई अमृत भनिने र त्यसलाई भगवान्हरूले चोटपटक लाग्दा औषधीको रूपमा प्रयोगमा ल्याउने कथन सुन्न र पढ्न पाइन्छन् । साथै नेपालमा उत्पादित तुम्बा र रक्सीलाई सि.एन.एनले संसारको पचास मीठो पेय पदार्थको सूचिमा ४१औँ स्थानमा राखेर यसरी वर्णन गरेका थियो - "कोदो वा चामलबाट बनाइने रक्सीको गन्ध नाकले थाहा पाउन सकिनेर पिउँदा घाँटीमा एकैछिन पोलेजस्तो भए पनि अन्त:मा अनौठो रूपमा आनन्ददायी भावना प्रदान गर्ने पेय पदार्थ ।" नेपालमा रहेका विभिन्न संस्कार परम्परामा रक्सी प्रयोग अनिवार्य समेत गरिएको छ ।

अतः दैनिक जीवनमा रक्सीको धेरै प्रयोग स्वास्थ्यका लागि हानिकार मानिन्छ |

रक्सी कसरी लाग्छ? 

व्यक्तिले खाएको रक्सी मुख हुँदै आमाशय र आन्द्रामा पुग्दछ । यसरी रक्सी पिएको ५-२० मिनेट भित्र आमाशय र विशेष गरी सानो आन्द्रालाई रक्सीले शोषण गर्न थाल्दछ । जब सानो आन्द्राले रक्सी रक्सी शोषण गर्छ उक्त शोषित रक्सी सानो आन्द्राबाट रगतमा मिसिन्छ । यसरी रगतमा मिसिएको रक्सी मानव शरीरको रक्तसञ्चार प्रणाली बाट छानिँदै वितरित हुन थाल्दछ र मस्तिष्कमा पुग्दछ । मस्तिष्कमा पुग्ने निश्चित कुरा मध्य रक्सी एक हो । यसरी मस्तिष्कमा पुगेकोको रक्सीले  छोटो अवधिमा सानो मस्तिष्कको संज्ञानात्मक तथा मोटरकार्यक्षेत्रले नियन्त्रण गर्ने क्षेत्रमा असर पारी नियन्त्रण विहीन बनाउदछ र रक्सी लाग्दछ । यसरी रक्सी लाग्दा व्यक्ति नियन्त्रण गुमाउन पुगी अनेक बोल्ने विभिन्न क्रियाकलाप गर्ने गर्दछ भने अत्यधिक रक्सी लागेको खण्डमा बान्ता हुनुका साथै बेहोस हुने सम्म हुन सक्छ ।

ह्याङ्गओभर किन हुन्छ ?

मदिरा सेवन गरेर सुतेको अर्को बिहान वा उठेको समयमा टाउको दुख्ने, चक्कर लाग्ने, जिउ भारी हुने, जिउ शिथिल हुने, जिउ काँप्ने, उल्टी होला जस्तो हुने जस्ता विभिन्न प्रकारका लक्षण देखिन्छन् जसलाई ह्याङ्ग ओभर हुनु भनिन्छ । ह्याङ्ग ओभर हुनुको प्रमुख कारण हो - पानीको कमी । मानिसहरूले रक्सी पिउँदा रक्सीमा पानी मिसाएर पिउनु बाहेक अरू पानी पिउदैनन् । रक्सीमा  पिसाब लगाउने तत्त्व हुन्छ Dye Uretic, जसले पिसाब लगाउने, पसिना निकाल्ने गर्नुका साथै शरीरमा पानीको शोषण बढाउँछ । जसले गर्दा शरीरमा पानीको कमी हुन पुग्छ । अत्यधिक रक्सी सेवनले वान्ता हुने जस्ता समस्या भएको खण्डमा जलवियोजन (Dehydration) बढ्न गई ह्याङ्ग ओभर हुन्छ । 

साथै रक्सीले मानव मस्तिष्कमा असर गरेको हुन्छ । यसरी मस्तिष्कमा असर पुग्दा मस्तिष्कले आफ्नो नियमित लय/ क्रियाकलाप गुमाएको हुन्छ । उक्त क्रियाकलाप पुरानै स्थितिमा फर्काउन मस्तिष्कले सङ्घर्ष गर्छ र सो अब धिमा व्यक्तिलाई ह्याङ्ग ओभर हुन्छ । 

रक्सी लाग्दा मानिस किन मात्तिन्छ?

रक्सीले मानिसको सानो मस्तिष्कको Cerebral Cortex र हाइपोथेलाममा असर गरेको हुन्छ । जसले गर्दा मानिस संवेगात्मक तथा भावनात्मक नियन्त्रण गुमाउनुका साथै तत्कालीन संवेदना गुमाउँदछ र गणितीय कुरा याद गर्न थाल्दछ छ र मात्तिन्छ । रक्सीमा 7 Kcl शक्ति हुने हुँदा व्यक्तिमा केही शक्ति थपिन्छ र मस्तिष्क नियन्त्रण गुमाउने हुँदा मात्तिन थाल्दछ ।

अत्यधिक रक्सी सेवनले के-कस्ता समस्या निम्त्याउदछ ?

मद्यपान सेवनलाई एक सामाजिक समस्याको रूपमा हेर्दै आएको छ । मद्यपान सेवनले गर्दा मानिसले नियन्त्रण गुमाउँछ र विभिन्न प्रकारका सामाजिक अपराध निम्त्याउनुका साथै व्यक्ति गत असर हरू निम्त्याउद छ ।

सामाजिक अपराधहरूमा: दुर्घटना (सवारी तथा व्यक्ति), लडाई, झगडा,चोरी, डकैती, लुटपाट, बलात्कार, हत्या, हिंसा इत्यादि पर्छन् । भने व्यक्तिगत समस्यामा चोटपटक लाग्ने, जलवियोजन हुने, ग्यास्ट्रिक हुने, अल्सर हुने, आन्द्राको क्यान्सर हुने, कमलपित्त हुने, कलेजेको समस्या आउने, लिभर सिरोसिस हुने, अनिन्द्रा हुने, कब्जियत हुने जस्ता समस्याहरू देखा पर्ने हुन्छन्।

मानिसले कति रक्सी पिउनु उत्तम हुन्छ ?

मेडिकल विज्ञान, आयुर्वेदलाई आधार मान्ने हो भने रक्सी सेवन गर्नु नै शरीरको लागि हानिकारक मान्दछ । अर्थात् शून्य रक्सी सेवन उत्तम हुने मानिन्छ । 

होटेल म्यानेजमेन्ट तथा फुड बेबरेज एन्ड डिस्टिलरीका अनुसार भने मानिसको उमेर तौल शारीरिक अवस्था अनुसार रक्सी सेवनको मात्रा फरक हुने भेटिन्छ । यी सबैलाई सामान्यीकरण गर्दा कहिले काहीँ बढीमा एक प्याक सम्म ( एक प्याक भन्नाले सामान्य रक्सीलाई हाल ६० एम एल बुझिनछ) सेवन गर्न सकिने भेटिन्छ । मानव शारीरिक लागि रक्सी लाभदायक नभएको हुँदा रक्सी सेवन नगर्नु नै उत्तम मानिन्छ ।

रक्सी सेवनबाट युवालाई बचाउन के गर्ने?

मादक पदार्थ सेवन गर्नु सामाजिक तथा व्यक्तिगत दुवै समस्या भएको कुरा बालबालिका, युवा तथा अभिभावकलाई स्वास्थ्य शिक्षाको माध्यम बाट बुझाउन जरुरी छ । पछिल्लो समय फाइदा तथा व्यापारिक प्रयोजनका लागि उत्पादन गरिएका रक्सीमा अखाद्य बस्तु तथा पदार्थ मिसाउने गरिएकाले यस्ता उत्पादनले शरीरमा नोक्सानी पुर्‍याउनुका साथै ज्यान लिने हुँदा अत्यधिक रक्सी सेवन हानिकारक भएको बुझाउनु पर्दछ । अत्यधिक रक्सी सेवनले समाजमा विभिन्न प्रकारका अपराधी घटना घटाउने तथा व्यक्तिमा विभिन्न प्रकारका शारीरिक तथा स्वास्थ्य समस्या देखिन गई व्यक्तिगत पारिवारिक आर्थिक तथा सामाजिक समस्या बढाउँछ र व्यक्तिलाई कुलतको बाटो हुँदै असहज परिस्थितिमा पुगाउँदछ भन्ने कुरा बालबालिका युवा तथा अभिभावकलाई बुझाई अत्यधिक मदिरा सेवन बाट बचाउनु पर्दछ । साथै, स्थानीय निकाय सो क्षेत्रमा रहेका विभिन्न सङ्घ संस्थाले अखाद्य बस्तु/ पदार्थको प्रयोग गरी उत्पादन गरिएको तथा बिक्री वितरण गरिएको मदिरालाई जफत गरी नष्ट गर्नु पर्दछ । यसो गरिएको खण्डमा मादक पदार्थ सेवन गर्ने बानी परेका व्यक्तिको सङ्ख्या घट्नुको साथै, बालबालिका तथा युवाहरू मादक पदार्थ तथा रक्सी सेवनबाट टाढा रहन सक्दछन् । मादक पदार्थ सेवन बढुवा दिनकाका लागि पत्रपत्रिका, होडिङ्ग बोर्ड, सिरियल तथा फिल्मको पनि ठुलो भूमिका रहेको छ । उक्त भूमिकाबारे स्थानीय निकाय सचेत हुन जरुरी छ । यश सम्बन्धी आलेख अर्को अङ्कमा प्रस्तुत गर्ने छु । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

भूपेन्द्र पाण्डे

लेखकबाट थप...