काठमाडाैँ - आज विश्व अल्जाइमर्स दिवस ‘विस्मृतिलाई चिनौँ, अल्जाइमर्सलाई जानौँ’ भन्ने नाराका साथ मनाइँदैछ । सन् १९९४ देखि हरेक वर्ष सेप्टेम्बर २१ तारिखदेखि विश्व अल्जाइमर्स दिवस मनाउन सुरु भएको हो । 

अल्जाइमर्स रोग एउटा दीर्घरोग हो, जसले व्यक्तिको स्मरण शक्ति, मष्तिष्कमा विस्तारै क्षय गराउने गर्दछ । जसकारणा उसले देखाउने व्यवहार र गतिविधिमा असर गर्दछ । 

सामान्य रूपमा भन्ने हो भने अल्जाइमर्स बुढ्यौलीसँगै स्मरण शक्ति तथा मनमस्तिष्कका अन्य क्षमता क्रमिक रूपमा घट्दै जाने विभिन्न रोगमध्ये सबैभन्दा धेरै देखिने स्वास्थ्य समस्या हो । स्मरण शक्तिसँग सम्बन्धित विभिन्न समस्याका साथमा अस्पतालमा आएर जचाएकाहरूमध्ये ६० देखि ८० प्रतिशत मानिस याे राेगबाट बढी प्रभावित छन् । 

अल्जाइमर्स सम्बन्धी एक अध्ययन अनुसार विश्वमा हरेक ३ सेकेण्डमा १ जनालाई यो रोग लागेको हुन्छ । मृत्युको कारणहरू मध्ये यो रोग सातौँ कारण हो ।

अल्जाइमर्स रोगका लक्षणः

- स्मरणशक्ति गुम्नुः यो अल्जाइमर्स भएका व्यक्तिमा देखिने मुख्य लक्षण हो । बिर्सनु आफैमा रोग होइन । तर, अल्जाइमर्सका बिरामीले बारम्बार अर्थात भर्खर भनेका कुरा पनि बिर्सन्छन् । बिरामीले आफ्नै घरको बाथरुमदेखि भर्खरै बोलेको मानिस चिन्दैनन् । 

- मुल्यांकनमा कठिनाईः सामान्य अन्दाज गर्न समेत नसक्नु अल्जाइमर्स रोगको अर्को लक्षण हो । 

- डिप्रेस र मन परिवर्तनः कुनै व्यक्तिको मुड परिवर्तन भइरहन्छ र प्रायः निराश देखिन्छ भने उसलाई भित्रभित्रै अल्जाइमर्सले गाँजेको हुनुपर्छ । डिप्रेसन अल्जाइमर्स रोगको पूर्व लक्षण हो । 

- निर्णय क्षमतामा हसः कसैले निर्णय गर्न सक्दैन् वा मनमा दुविधा मात्र राख्छ भने पनि अल्जाइमर्सको लक्षण हो । 

- ध्यान नहुनुः अल्जाइमर्सका विरामीमा नियमित काममा कत्ति पनि ध्यान हुँदैन । उसले यसअघि गरेका काम सबै बिर्सन्छ । उसको सबै दिनचर्या नै खलबलिन्छ । 

- बोल्न कठिनाईः अल्जाइमर्सका बिरामीले राम्रोसँग बोल्नै सक्दैनन् । तसर्थ, कसैसँग बोल्दा राम्रोसँग बाक्य बनाउन सकिदैन वा बोल्दा धक लाग्छ भने त्यो पनि अल्जाइमर्सको अर्को लक्षण हो । 

मनमा छटपटीः मन स्थिर नहुनु, छटपटी बढ्नु  एउटै स्थानमा केही वेर पनि बस्नु नसक्नु अल्जाइमर्सका लक्षण हुन् । 

बच्ने उपायः 

भिटामिन 'बी' नियमित सेवन गरे रोगबाट बच्न सकिने विज्ञहरू बताउँछन् । डिप्रेसन, मानसिक तनाव, निन्द्राको समस्या, लागुऔषधिको प्रयोग र धेरै जाँड रक्सी पिउनेलगायतका कारण यो रोग लाग्ने खतरा हुन्छ । यस्ता कुलत समयमै छोड्नु पर्छ ।

यस्तै समयमै उच्च रक्तचापको उपचार, शरीरको तौल नियन्त्रण, नियमित शारीरिक व्यायाम गर्नु यो रोगबाट बच्न सकिन्छ । खानपिनमा विशेष ध्यान दिने । पोषण तत्त्वहरूको कमी हुन नदिनु यो रोगबाट बच्ने उपाय हुन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...