काठ्मण्डौ, वैशाख २२, बालाजुस्थित न्यासनल मोडेल इङलिस सेकेन्डरी स्कुलले गत शुक्रबार 'स्कुल अफिसियल' को चुनाव सम्पन्न गरेको छ । उक्त निर्वाचन मार्फत कक्षा ९ का नवीन राउत छात्रतर्फ र कक्षा ९ कै बविसा रिजाल छात्रातर्फ स्कुल क्याप्टेनमा निर्वाचित भएका छन भने स्कुल भाइस क्याप्टेनमा छात्रबाट रिदम पुडासैनी र छात्राबाट सोफिया शाहले जित सुनिश्चित गरेका छन ।
यसैगरी छात्रतर्फको काउन्सेलिङ्ग इन्चार्जमा सुरज यादव र छात्रातर्फको काउन्सेलिङ्ग इन्चार्जमा रचना लामिछानेले बाजि मार्न सफल भएका छन । विद्यालयको ल्याङ्ग्वेज इन्चार्जमा भने इन्जल भण्डारी आफ्नो जित सुनिश्चित गराउन सफल भएका छन ।
स्कुल अफिसियलमा स्कुल क्याप्टेन, भाइस क्याप्टेन, हाउस क्याप्टेन तथा भाइस क्याप्टेन, स्कुल काउन्सेलिङ्ग इन्चार्ज, ल्याङ्वेज क्याप्टेन जस्ता पदहरुमा कक्षा विद्यालयका छात्रछात्राहरुले प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत मतदान गरि आफ्नो मन परेको सक्षम उम्मेद्वारलाई निर्वाचित गराउदछन भने क्लास क्याप्टेन लगायत अन्य पदहरुमा सम्बन्धित कक्षाका शिक्षक तथा विद्यार्थीहरुले आपसी सहमतिमा चयन गर्ने कुरा विद्यालयका प्रधानाध्यापक डि एन अधिकारिले जानकारी दिए ।
आफुले अध्ययन गर्ने विद्यालयमा विद्यार्थीहरुले लोकतान्त्रिक अभ्यास गर्ने अवसर पाउँदा उनिहरुमा लोकतन्त्र प्रति दृढ विश्वास उत्पन्न हुनुका साथै उनिहरुको नेतृत्व सीप तथा क्षमता लगायत चौतर्फी विकासमा महत्वपूर्ण योगदान पुग्ने भएकाले विद्यालयले यस्ता खालका गतिविधि नियमित गरिरहेको तथ्य प्रधानाध्यापक अधिकारिले बताए ।
आइतबार नै विद्यालयका निर्वाचित तथा मनोनित पदाधिकारीहरुले पद तथा गोपनियताको सपथ लिइ कार्यभार पनि सम्हालेकाछन । उक्त निर्वाचित पदाधिकारीको कार्यकाल १ शैक्षिक सत्र हुने कुरा विद्यालयले जनाएको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...