पछिल्लो एक शोधले बताएअनुसार सिन्धु घाँटी सभ्यताका मानिसहरू आमरुपमा मांसभक्षी थिए। उनीहरू गाई, भैँसी एवं बाख्राको मासु खाने गर्दथे। सिन्धु घाँटी क्षेत्रमा भेटिएको माटोको भाँडाकुडा एवं खान-पानको तौरतरिका यस शोधको आधार भएको बीबीसी हिन्दीले उल्लेख गरेको छ।

क्याम्ब्रीज विश्वविद्यालयमा पुरातत्व विज्ञानमा पीएचडी एवं फ्रान्समा पोस्ट-डाक्टोरल फेलो ए सूर्यनारायणले सिन्धु घाँटी सभ्यताको अवधिका मानिसहरूको खानपानको तौर-तरीकामाथि अनुसन्धान गरेका थिए। उनको शोध आर्कियोलोजिकल साइन्स नामाक जर्नलमा प्रकाशित भएको छ।

Dr. Aksheyta Suryanarayan during an excavation at Lohari Ragho, Hisar in Haryana in 2017

सिन्धु घाँटीका मानिसहरूको जीवनशैलीको बारेमा कयौं अध्ययनहरू हुँदै आइरहेकै छन्, यद्दपी यस शोधले मूलरुपमा त्यस क्षेत्रको उब्जनी र अन्नपातमाथि अनुसन्धान गरेको थियो।

समग्ररुपमा यस शोधले अन्नपात, पाल्तु स्तनपायी जनावरका साथसाथै त्यस सभ्यताका मानिसहरूद्वारा प्रयोग गरिने भाँडावर्तनलाई केन्द्रबिन्दु बनाएको थियो। वैज्ञानिक विधिबाट ती भाँडावर्तनको जाँचपड्तालले बताउँदछ कि प्राचीन भारतमा मानिसहरू त्यसमा हालेर के-कस्ता खानाहरू खाने गर्दथे।

सम्पूर्ण दुनियाँभरमा पुरातत्व-विज्ञानले यसप्रकारको अध्ययन गरिरहेको छ। यसैप्रकारका अनुसन्धानहरू सिन्धु-घाँटी सभ्यताका माटोको भाँडावर्तनहरूमाथि हुँदै आइरहेको छ।

सिन्धु घाँटी सभ्यताको अन्नपात :

सिंधु सभ्यता का बैलगाड़ी नुमा खिलौना

सिन्धु सभ्यताको बयलगाडीको नमुना

सिन्धु घाँटी सभ्यतामा जौ, गहुँ, धानको साथसाथै अंगुर, खीरा, भेन्टा, हलेँदो, जूट, कपास एवं तिलको पनि पैदावार हुने गर्दथ्यो।

पशुपालनतर्फ गाइ एवं भैँसी मुख्य स्तनपायी पाल्तु जनावार थिए। सो इलाकामा मिलेको अस्थिरपन्जरहरूको ५०-६० प्रतिशत अवशेषमा गाई-भैँसीको हड्डीहरू मिलेको छ भने लगभग १० प्रतिशत हड्डीहरूमा बाख्राका अस्थिरपन्जरहरू मिलेको छ।

यसबाट यो अन्दाज लगाउन सकिन्छ कि उक्त सभ्यताका मानिसहरूको मनपसन्द मासु बीफ एवं मटन रहेको हुँदो हो। गाइ दूधको लागि र बयल खेतीको लागि पाल्ने गरिन्थ्यो।

सिंधु सभ्यता में भोजन पकाने में इस्तेमाल होने वाला मिट्टी का बर्तन

अनुसन्धानको क्रममा सुँगुरको हड्डीहरू पनि प्राप्त भएको छ। यद्दपी सुँगुर कुन कामका लागि प्रयोगमा ल्याइन्थ्यो, यो अझ पनि शोधको विषय रहेको छ। यस्तै, केहि अवशेषहरू हिरण एवं पंक्षीहरूको प्राप्त भएको छ।

यस शोधको लागि हरियाणास्थित सिन्धु सभ्यताको स्थल राखीगढीलाई चयन गरिएको थियो। अनुसन्धानको क्रममा आलमगीरपुर, मसूदपुर, लोहारी राघो एवं अन्य केहि स्थानहरूबाट प्राप्त माटोको भाँडावर्तनलाई एकीकृत गरिएको थियो।

प्राप्त भाँडावर्तनको नमूना लिएर तीनलाई वैज्ञानिक विधिबाट विश्लेषण गर्दा ती भाँडावर्तनहरू मांस भोजनका लागि प्रयोगमा ल्याइने गरिएको पुष्टि भएको छ।

शोधको नतिजा :

शोधबाट प्राप्त भएको छ कि दूधबाट निर्मित उत्पादन, पशुहरूको मांस एवं अन्य केहि वनस्पतिहरू सो भाँडावर्तनमा पकाउने गरिन्थ्यो। सिन्धु घाँटीको शहरी एवं ग्रामिण इलाकाहरूमा कुनै पनि अन्तर भेटिएन। वर्तनहरूको प्रयोग अन्य कुनै उद्देश्यको लागि पनि प्रयोग गर्न सकिन्थ्यो, तर त्यसो भएको पाइएन।

यसभन्दा अघि गुजरातमा भएको एक अध्ययनबाट प्राप्त जानकारीअनुसार माटोको कयौं अन्य वर्तनहरू मुख्य रुपमा दुग्ध उत्पादनहरूलाई पकाउनको लागि प्रयोगमा ल्याइन्थ्यो। यो रिसर्च पेपर साइन्टीफिक रिपोर्ट्समा प्रकाशित छ।

I ate the non-vegetarian Harappan meal and had no beef with it

सूर्यनारायणको कथनअनुसार शोधको अर्को चरणमा यो प्राप्त गर्ने कोसिस गरिनेछ कि संस्कृति एवं जलवायू परिवर्तनको पृष्ठभूमिमा खानपानको तौरतरिकामा सिलसिलेवार तरिकामा के-कस्ता बदलावहरू आए ? यस अनुसन्धानका लागि माटोबाट निर्मित भाँडावर्तनहरूको अहम भूमिका हुनेछ।

उनको कथनअनुसार दक्षिण एशियाली शहरका पुरातात्विक स्थानहरूबाट मिलेको भाँडावर्तनहरूको विश्लेषण गरेर हामी प्रागैतिहासिक कालमा दक्षिण एशियामा खानपानको विविधताबारे जानकारी एकमुष्ठ गर्न सकिनेछ।

ए सूर्यनारायणले आफ्नो सोधका क्रममा सिन्धु सभ्यताको बारेमा केहि जानकारीहरू सामिल गरेका छन्। प्रागैतीहासिक कालमा सिन्धु सभ्यताको विस्तार भौगोलिक रुपमा आधुनिकपाकिस्तान, उत्तर-पश्चिम भार, दक्षिण भारत एवं अफगानिस्तानका विभिन्न इलाकाहरूमा भएको थियो।

हड़प्पा के अवेशष

हडप्पाको अवशेष

मैदान, पहाड, नदी-घाँटी, मरुभूमि एवं समुन्द्र तटीय अलग-अलग इलाकाहरूमा सिन्धु सभ्यताको विस्तार भएको थियो। जसमा पांच मुख्य शहर एवं कयौं छोटा आवादीहरू सामेल छन्। ती शहरहरू ईसापूर्व २,६०० देखि ईसापूर्व १,९००को बीच अस्तित्वमा रहेको मानिन्छ।

सिन्धु सभ्यतामा वस्तुहरूको लेनदेनको व्यापक प्रचलन रहेको थियो। हार, छुरा, तौल मापनको टुक्राहरू एवं मुद्राहरू प्रमुख थिए। सिन्धु सभ्यतामा गाउँमाथि शहरको कुनै पनि किसिमको दबाब रहेको पाइदैन, त्यहाँ आर्थिकी आदानप्रदान सुचारित रुपमा हुने गर्दथ्यो।

ईसापूर्व २,१०० पश्चात सिन्धु सभ्यताको पश्चिमी भाग विस्तारै विस्तारै खाली हुँदै गयो भने पूर्वी इलाका विकसित हुँदै आयो।

यस समय सिन्धु सभ्यतामा शहर कम गाउँ बढी थिए।

यसका कयौं कारणहरू बताउने गरिन्छ, जसमा खराब मनसुन प्रमुख कारण हो। ईसापूर्व २,१५० पश्चात कयौं वर्षसम्म यहि अवस्था रहिरह्यो।

Indus era 8,000 years old, not 5,500; ended because of weaker monsoon |  India News - Times of India

(बीबीसीबाट)

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

राजु झल्लु प्रसाद

लेखकबाट थप...

सम्बन्धित समाचार