परम्परागत बासस्थानबाट निस्केर बाघ वा बघिनी नयाँ इलाकामा पुनस्र्थापित हुनु भनेको बाघ संरक्षण प्रयासको सफलता हो । यसले बाघको संख्या फैलाउन सहयोग पुर्याउने छ ।
परम्परागत बासस्थानबाट निस्केर बाघ वा बघिनी नयाँ इलाकामा पुनस्र्थापित हुनु भनेको बाघ संरक्षण प्रयासको सफलता हो । यसले बाघको संख्या फैलाउन सहयोग पुर्याउने छ ।
बघिनीको लामो दूरीको स्थानान्तरणले बाघको जिन तथा जनसंख्या फैलाउन ठूलो भूमिका खेल्ने अध्ययनले देखाउँछ । अहिलेको बासस्थान छिन्न–भिन्न भएको तर संरक्षण प्रयासका कारण संख्या विस्तार भएको अवस्थामा यो एकदमै महत्वपूर्ण छ
भारतको पान्ना टाइगर्स रिजर्भको एक बघिनी ९९ किलोमिटर लामो यात्रा तय गरी नयाँ बासस्थान सरेकी छ । योे अहिलेसम्म रेकर्ड भएको मध्येको सबैभन्दा लामो दूरीको बसाइँसराइँ हो । उसको अहिलेको नयाँ इलाका संरक्षण क्षेत्रभित्र त पर्दैन । तरपनि यहाँ आएर उक्त P213-22 कोड दिइएकी बघिनीले बाघसँग संषर्घ गरी डमरुहरू जन्माएर हुर्काइरहेकी छ । यसले संरक्षणकर्मीमा उत्साह थपेको छ ।
यात्राको दौरान कुल १९ ठाउँमा उसले अस्थायी आश्रय लिएकी थिइन् । उसले क्षणिक समय बिताएका कोरिडरका यी वैकल्पिक बासस्थानलाई पनि बाघको विचरण र बाघ क्षेत्र बिस्तारको लागि अर्थपूर्ण तबरमा हेरिएको छ । उक्त बघिनीले विचरण गरेको क्षेत्र अनुसन्धानदाताहरूले पत्ता लगाइसकेपछि त्यसको पनि अनुगमन वन विभागले गरिरहेको छ ।
P213-22 बघिनी मध्यप्रदेशको पान्ना टाइगर्स रिजर्भकोमा जन्मिएर भर्खरै हुर्केकी थिइन् । यही १८ महिने बघिनीले नयाँ इलाकाको खोजीमा तय गरेको यात्रा अहिलेसम्मकै पत्ता लागेमध्येको लामो यात्रा भएको वन्यजन्तुविद्हरूले बताएका छन् । यो बघिनी बाघको संख्या बढाउन सन् २००९ देखि १५ सम्म पान्ना टाइगर्स रिजर्भमा स्थानान्तरण गरिएका बाघको दोस्रो पुस्ता हो । त्यो अवधिमा त्यहाँ कुल सात बाघ छोडिएका थिए । त्यसअघि चोरी–शिकारीका कारण रिजर्भमा बाघ रित्तिसकेका थिए ।
भारतमा बाघ बासस्थान क्षेत्र धेरैतिर छरिएका छन् । छिन्न-भिन्न पनि छन् । कतिपय इलाकामा त मानवीय र बाघ क्षेत्र एक–आपसमा जोडिएका छन् । त्यसैले पनि बाघले अन्य इलाकामा विचरण गर्नु तथा नयाँ बासस्थानमा सर्नु आफैँमा बाघको दीर्र्घकालीन संरक्षणको लागि महत्वपूर्ण छ । तर अहिलेसम्म लामो क्षेत्रको यात्रा प्राय भाले बाघले मात्रै तय गर्ने गरेका छन् । तिनीहरू पोथीसँगको संसर्गको धेरै टाढा–टाढासम्म पुग्ने गर्छन् । तर, बघिनीहरूको भने आफू जन्मेकै आसपासका क्षेत्रहरुमा सीमित हुने प्रवृति छ ।
‘बघिनीको लामो दूरीको स्थानान्तरण एकदमै न्यून हुने गर्छ’ इन्स्टििट्युड अफ हिमालयन इन्भाइरोमेन्टका वैज्ञानिक मृगाकं शेखर सरकार भन्छन्, ‘बघिनीको विचरण एकदमै अनौठौ घटना हो । यो बाघको जैविकता अध्ययनको लागि एउटा कोशेढुङ्गा बन्न सक्छ ।’
यस्तो लामो दूरी तयका घटना एकदमै न्यून हुने गर्छन् । यो बासस्थान छिन्न–भिन्न भएपनि संरक्षण प्रयासले गर्दा बाघको संख्यामा आएको बृिद्धका कारण सम्भव भएको हो । यसले बाघको विचरण प्रकृया एवं तिनको इलाका नियन्त्रण गर्ने पद्धतिमा समेत परिवर्तन आउन सक्ने इन्डियन इन्सिटिट्युड अफ साइन्स, एजुकेसन एण्ड रिसर्च, कोलकोत्ताका रोबर्ट जोन चन्द्रनको ठहर छ ।
‘बघिनीको लामो दूरीको स्थानान्तरणले बाघको जिन तथा जनसंख्या फैलाउन ठूलो भूमिका खेल्ने हाम्रो अध्ययनले देखाउँछ । अहिलेको बासस्थान छिन्न–भिन्न भएको तर संरक्षण प्रयासका कारण संख्या विस्तार भएको अवस्थामा यो एकदमै महत्वपूर्ण छ’, चन्द्रनको धारणा छ ।
उनका अनुसार, मध्यप्रदेशको वन विभागले अझै उक्त बघिनीलाई उच्च प्रविधिको रेडियोटेलिमेन्ट्री तथा क्यामराको सहयोगमा ट्र्याक गरिरहेको छ । बघिनीले त्यस क्षेत्रमा राम्ररी विचरण गरिरहेको छ । उसले त्यहाँ पाँच डमरु जन्माएकी थिइ भने तीनवटा मरेपनि अहिले उ बाँकी दुईलाई हुर्काइरहेकी छे ।
फिल्ड स्टाफ, अधिकारी तथा अनुसन्धानदाताहरूले २०१५ देखि नियमितसँग दुई वर्ष P213-22 को अनुगमन गरेका थिए । बघिनीमा रेडियो कलर जडान गरिएको थियो । अक्टोबर २०१५ देखि डिसेम्बर २०१५ सम्मको तीन महिनाको अवधिमा कुल ७४३ ठाउँमा उक्त बघिनी देखिएकी थिइ । यो विस्थापन अवधिमा उसको लामो यात्रा र धेरै चहलपहल गरेको देखिन्छ ।
त्यसैगरी, जुन २०१७ देखि सेक्टेम्बर २०१७ को अवघिमा ३४० लोकेसनमा उक्त बघिनी देखिएकी थिई । यो भनेको नयाँ बासस्थानमा उसले गरेको विचरण थियो । यस ठाउँलाई उसले नयाँ बासस्थानको रूपमा चुनेकी थिई । नयाँ बासस्थान खोज्ने क्रममा P213-22 ले कुल ७८ दिनमा घुम्दै–फिर्दै ३४० किलोमिटर यात्रा गरेकी थिई । जन्मस्थानबाट ९० किलोमिटर पर उसले स्थाइ आश्रय लिएकी थिई ।
करिडर र स्टेपिङ स्टोन
यात्राको दौरान मानिसको बस्ती छल्न बघिनीले धेरैजसो राती हिँडेकी थिई । ऊ स–सना जंगल, खोल्सा र खेतहरू हुँदै अघि बढेकी थिई । यात्राका दौरान उसले २०८२ वर्गकिलोमिटर बराबरको क्षेत्रमा उसले विचरण गरेकी थिई । यसले कुल १९ ठाउँलाई अस्थायी बासस्थान बनाएकी थिई । जसलाई स्टेपिङ स्टोन पनि भन्ने गरिन्छ ।
सरकार भन्छन् कि स्टेपिङ स्टोन भनेको बासस्थान परिवर्तन गर्दा निश्चित समयको लागि पानी र खानाको राम्रो सुविधा भएको आश्रयस्थल हो । चन्द्रनका अनुसार, यस्ता अस्थायी बासस्थानले नै बाघलाई धेरै टाढा–टाढा पुगेर पुनस्र्थापित हुन सहयोग पुर्याउँछ । स–सना जंगल बुट्यान र झाडीले पनि स्टेपिङ स्टोनको भूमिका निभाउने गर्छन् । यसको महत्व बुझ्ने हो भने यसले संरक्षणलाई अझ सहज बनाउने चन्द्रनको राय छ । करिडरमा हुने यिनै स–सना स्टेपिङ स्टोनले ठूला जनवारहरुलाई नयाँ क्षेत्रमा फैलन सहयोग पुर्याउछ ।
परम्परागत बासस्थानबाट निस्केर बाघ वा बघिनी नयाँ इलाकामा पुनस्र्थापित हुनु भनेको बाघ संरक्षण प्रयासको सफलता हो । यसले बाघको संख्या फैलाउन सहयोग पुर्याउने छ ।
P213-22 ले प्रयोग गरेको स्टेपिङ स्टोनले संरक्षण क्षेत्र बाहिरका झाडी र बुट्यानको पनि वन्यजन्तु करिडरको रूपमा उल्लेख्य भूमिका भएको देखाएको डब्लुडब्लुएफ इन्डियाका प्रणव चन्चनीको धारणा छ । चन्चनी यो घटनाको अनुगमनमा जोडिएका छैनन् । तर बाघको संख्या फैलाउनु छ भने संरक्षण क्षेत्र बाहिरका कृषिक्षेत्र, साना वनक्षेत्र र कोरिडरहरूलाई उत्तिकै महत्व दिनुपर्ने उनको तर्क छ ।
‘छिन्न–भिन्न बासस्थान भएको क्षेत्रमा बाघको संख्या वा उपस्थिति पुनस्र्थापित गर्न वन्यजन्तु करिडरले सघाउँछ । P213-22 का जस्ता धेरै विचरणहरु हामीलाई थाहा पनि हुन्न’, चन्चनीको धारणा छ ।
संरक्षण क्षेत्र बाहिरको बाघ बिस्तार
अहिलेको P213-22 को नयाँ बासस्थान रानीपुर वन्यजन्तु संरक्षण क्षेत्रको नजिकै पर्छ । यो इलाका संरक्षण क्षेत्र अन्तर्गत पर्दैन । त्यस्तै पान्ना टाइगर रिजर्भ र रानीपुर वन्यजन्तु संरक्षण क्षेत्रको बीचको करिडरबाट रेलवे लाइन पर्छ । भारतमा रेलको ठक्करबाट धेरै बाघहरू मारिन्छन् । त्यसैले उक्त करिडरभित्रको रेलवे लाइनमा दुवैतिर बार लगाएर वन्यजन्तुको लागि अन्डरपास बनाउनु पर्ने विज्ञहरूले सुझाएका छन् ।
रानीपुर वन्यजन्तु संरक्षण क्षेत्रको आसपासमा मध्य प्रदेशका अरू धेरै वनक्षेत्रहरू छन् । यी वनक्षेत्रले त्यहाँ राम्रो पर्यावरणीय चक्र निर्माण गरेको र यी सबैलाई संरक्षण क्षेत्रको रूपमा विस्तार गर्न सके बाघको लागि उचित वातावरण बन्ने वैज्ञानिक मृगाकं शेखर सरकारको धारणा छ ।
P213-22 ले विचरण गरेको क्षेत्रको अध्ययन गरेर विज्ञहरूले आधुनिक प्रवृधिबाट अनुगमन तथा निगरानी गर्नुपर्ने थप क्षेत्रहरूको बारेमा वन विभागलाई सुझाएका छन् । यसो गर्न सकेमा पान्ना टाइगर रिजर्भ र रानीपुर वन्यजन्तु संरक्षण क्षेत्रका आसपासमा अन्य बाघ तथा बघिनीहरुले पनि विचरण गर्ने तथा नयाँ ठाउँमा पुनस्र्थापित हुने वातावरण बन्ने इन्डियन इन्सिटिट्युड अफ साइन्स, एजुकेसन एण्ड रिसर्च, कोलकोत्ताका राजशेखर नियोगीको धारणा छ ।
चन्द्रनका अनुसार परम्परागत बासस्थानबाट निस्केर बाघ वा बघिनी नयाँ इलाकामा पुनस्र्थापित हुनु भनेको बाघ संरक्षण प्रयासको सफलता हो । यसले बाघको संख्या फैलाउन सहयोग पुर्याउने छ ।
(यो लेख मोङबे मा प्रकाशित नेहा जेनको ‘लङ्गेस्ट डिस्पर्सल अफ अ फेमल टाइगर रेकर्डेड इन सेन्ट्रल इन्डिया’मा आधारित छ ।)
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...