अफ्रिकाकै ग्रेट ग्रीन वाल इनिसिएटिभलाई हेरौँ । यसले साहेल मरुभूमि क्षेत्रमा १०० मिलियन हेक्टर बन्जर भूमिलाई घना जंगलमा रूपान्तरण गर्ने लक्ष्य लिएको छ । यसले २०३० देखि उता प्रतिवर्ष २५० मिलियन टन कार्बन सोस्नेछ भने ग्रामीण क्षेत्रमा १० मिलियन रोजगारी सिर्जने छ । 

इनगर एन्डरसन / इब्राहिम थैव
र्यावरणलाई बचाउनु र जलवायु परिवर्तनलाई रोक्नु अहिलेको मानव जगतकै सबैभन्दा कठिन चुनौती भएको छ । एकातिर हामीले मानव समाजलाई प्रकृतिमैत्री हुन अभिप्रेरित गर्नुछ भने अर्कोतिर विकासशील मुलुकका आम नागरिकलाई समुन्नत बनाउनु छ । 

त्यसमाथि अझ हामीलाई यी उपलब्धि तत्कालै चाहिएको छ । तर हामीले व्यावहारिक ढंगमा सोच्नुपर्छ । हामीले एकैपटक तत्कालै जलवायु परिवर्तनप्रतिका हाम्रा प्रतिबद्धता त्यागेको खण्डमा दशकौँका उपलब्धिहरू त्यत्तिकै खेर जान्छन् । 

त्यसैले पनि छिटो तथा पूर्ण उपलब्धि हासिल गर्न अझ खासमा शून्य कार्बन उत्सर्जनवाला अर्थतन्त्र निर्माण गर्नका लागि हामीले छिट्टै परिणाम दिने सामान्य उपायहरू अपनाउन सक्छौ । हामीलाई त्यस्ता सामान्य र सुलभ उपायहरू  चाहिएको छ जसले जलवायु परिवर्तनलाई सुस्त पार्न सकोस्, प्रकृति र जैविक विविधतालाई पुनःस्थापित गर्न सकोस्, महामारीबाट हामीलाई जोगाउन सकोस्, हामीलाई धेरै भन्दा धेरै खाद्यान्न उत्पादन गर्न सहयोग पुर्याउन सकोस्, अधिकतम् रोजगारी सिर्जना गर्न सकोस्, गरिबी हटाउन सकोस् र शान्ति कायम गर्न सकोस् । र, तुलनात्मक रूपमा कम खर्च र मध्यम प्रविधिको प्रयोगबाटै बन्जर जमिनको पुनःउत्थानद्वारा हामी छिट्टै यी उपलब्धिहरू हासिल गर्न सक्छौँ । युएन डिकेट अफ इकोसिस्टम रेस्टोरेसनले पहिल्याए जस्तो हामीले भूमिको असीमित सम्भाव्यता उजागर गर्न सक्छौँ ।

तर, हामीले बुझ्न पर्छ कि जमिनको पुनर्जिविकरणले मात्रै यो सब गर्न सक्दैन । भूमिको पुनर्उत्थान मात्रै सम्पूर्ण समाधान होइन र यो हाम्रा अन्य गलत क्रियाकलापको क्षतिपूर्ति कदापि हुन सक्दैन । हामीले ऊर्जा र यातायत प्रणालीमा व्यापक फेरबदल ल्याउनुपर्छ । कृषि प्रणलीमा सुधार गर्नपर्छ । हामीले श्रोत–साधनको उत्पादन तथा उपयोग कसरी गरिरहेका छौँ भन्ने पुनःमूल्याङ्कन गर्नपर्छ । प्रकृतिकाे विनास नगरिकन कसरी हामी सहर तथा पुर्वाधारको बिस्तार गर्न सक्छौँ, त्यसतर्फ सोच्नपर्छ । 

बन्जर अनुपयोगी भूमिलाई पुनर्जिवित गर्ने हो भने विश्वको आधा कार्बन विसर्जन मात्रै होइन, वार्षिक एक दशमलव चार ट्रिलियन बराबरको खाद्यान्न उत्पादन गर्न सक्छौंँ ।

यद्यपि भूमिको स्वस्थ्य पुनर्जागरणले हामीलाई असिमित फाइदा भने पुर्याउने छ । प्रत्येक पाँच हेक्टरमा एक हेक्टर जमिन उपभोग योग्य छैन । यो उपभोगविहिन ३५० मिलियन हेक्टर जमिनको पुनर्जागरणले मात्रै सन् २०३० देखि पृथ्वीमा निस्कने कुल कार्बनको आधा हिस्सा बिसर्जन गर्न सक्छ । हामीले पेरिस सन्धिमा गरेको कार्बन बिसर्जन प्रतिबद्धताको लक्ष्य हासिल गर्नुछ । यस्तो बेला हाम्रो सानो अकर्मण्यता नै हाम्रो लक्ष्यको बाधक बन्न सक्छ । 

अझ हामीले यो बन्जर अनुपयोगी भूमिलाई पुनर्जिवित गर्ने हो भने विश्वको आधा कार्बन विसर्जन मात्रै होइन, वार्षिक एक दशमलव चार ट्रिलियन बराबरको खाद्यान्न उत्पादन गर्न सक्छौँ । र, स्मरण रहोस् यो त्यो समय हो जहाँ सिङ्गो विश्व बढ्दो जनसंख्यालाई कसरी खुवाउने भन्ने चिन्तामा डुबेको छ । 

त्यसैगरी, यसले खेतीको लागि जंगल विनास गरेर नयाँ भूमि खाली गर्ने परिपाटीलाई समेत निरुत्साहित पार्नेछ । र, यो त्यो समय हो जतिबेला हामीले प्रकृति र पर्यावरणीय विनासविरुद्ध लडिरहनु परेको छ । यसले वन्यजन्तुमा निहित परजिवी प्याथोजिन मानवमा सर्नबाट पनि रोक्छ । हामीलाई महामारीबाट जोगाउँ र यो त्यो समय हो जतिबेला हामी कोभिड–१९को क्षति गणना गर्दै बसिरहेका छौँ । 

जलवायुसँग जोडिएका बाढी, पहिरो, आँधी, हुरी, खडेरीजस्ता प्राकृतिक प्रकोपको जगजगी भइरहेको बेला जंगल, सिमसार र अन्य पर्यावरण चक्रको संरक्षणले हामीलाई यस्ता विपद्बाट सुरक्षा प्रदान गर्छ । भूमिको पुनर्जिविकरणले कैयौँ रोजगारीको सिर्जना पनि गर्छ । र, यो त्यो समय हो जहाँ हजाराैँ मानिस बेरोजगार छन् । धेरै मुलुकमा महिला र युवा–युवती बेरोजगारीको झन् ठूलो चपेटामा छन् । 

यो कुनै असम्भव सपना होइन । भूमिको पुनर्जागरणको प्रत्यक्ष नतिजा अहिले हामी ब्रुकिना फासो देखि चीन र कोस्टारिकासम्म देख्न पाइरहेका छौँ । 


अफ्रिकाको ग्रेट ग्रिन वाल इनिसिएटिभ ग्राफिक्स


अफ्रिकाकै ग्रेट ग्रिन वाल इनिसिएटिभलाई हेरौँ । यसले साहेल मरुभूमि क्षेत्रमा १००  मिलियन हेक्टर बन्जर भूमिलाई घना जंगलमा रूपान्तरण गर्ने लक्ष्य लिएको छ । यो जंगल आठ हजार किलोमिटर लामो हुनेछ । यसले २०३० देखि उता प्रतिवर्ष २५० मिलियन टन कार्बन सोसिदिनेछ भने ग्रामीण क्षेत्रमा १० मिलियन रोजगारी सिर्जने छ । 

यो परियोजना अफ्रिकन युनियनले २००७ मा शुरू गरेको थियो भने यसले महादेशभरीमा २० मिलियन हेक्टरलाई त जंगलमा रूपान्तरण गरिसकेको छ । यसले मिलियन अधिक टन कार्बन सोसिसकेको छ भने अहिले नै तीन लाख रोजगारी सिर्जिसकेको छ । 

यो परियोजनाको शुरूवाती परिणामलाई देखेर नै जनवरी १ मा भएको वन प्लानेट सम्मेलनमा विश्वका नेताहरूले परियोजना अझै छिटै पूरा होस् भन्ने कामना सहित १४ बिलियन डलर नगद सहयोगको घोषणा गरिसकेका छन् । यस्ता किसिमका अवधारणा हामीले पछ्याउनु पर्छ । 

जुन विनास प्रकृतिमा हामी र अन्य प्रजातिले अहिले भोगिरहेका छौँ, यस विरुद्ध लड्ने हाम्रो सबैभन्दा ठूलो सहयोद्धा भनेकै भूमि हो । तर, सबैभन्दा पहिला हामीले भूमि अर्थात जमिनलाई जीवन्त पार्न सक्नुपर्छ । 

युएनको डिकेड फर डिजर्ट गत वर्ष समापन भइसकेको छ । यसबीच धेरै मुलुक तथा संघसंस्थाले जमिनलाई स्वस्थ्य राख्दै मरुभूमिकरण विरुद्ध लड्ने प्रतिबद्धता देखाएका छन् । युएनको मरुभूमिकरण विरुद्धको मोर्चाको सन्धि अनुरूप अहिले एक सयभन्दा बढी मुलुक आफ्नो लक्ष्यमा लागेका छन् । ४५० मिलियन हेक्टर पुनर्जिवित गर्ने लक्ष्य लिइएकोमा अहिले आधा मिलियन हेक्टरले पुनर्जिवन पाइसकेको छ । 

तर, हामीले यसको गति बढाउन आवश्यक छ । १२५ मुलुकले अर्को दशकसम्ममा एक मिलियन हेक्टर जमिन पुनर्जिवित पार्ने लक्ष्य राखेका छन् । यो प्रतिवद्धताका सम्पूर्ण व्यावधानलाई हामीले पन्छाउन पर्नेछ । यसको लागि सरकारले महामारी नियन्त्रणसँगै भूमिको पुनर्जिविकरणको लागि पनि प्याकेज छुट्याउनु पर्नेछ । पेरिस सम्झौतामा गरेको प्रतिवद्धता अनुरुप स्वस्थ्य जमिन निर्माणमा जोड दिन पर्नेछ । यो पनि युएन डिकेड अफ इकोसिस्टम रेस्टोरेसन सँगसँगै अघि बढ्ने छ । 

जुन विनास प्रकृतिमा हामी र अन्य प्रजातिले अहिले भोगिरहेका छौँ, यस विरुद्ध लड्ने हाम्रो सबैभन्दा ठूलो सहयोद्धा भनेकै भूमि हो । तर, सबैभन्दा पहिला हामीले भूमि अर्थात जमिनलाई जीवन्त पार्न सक्नुपर्छ । 

(अर्थ तथा पर्यावरणको क्षेत्रमा ३० वर्ष लामो अनुभव संगालेकी इनगर एन्डरसन युएनकी अन्डर–सेक्रेटरी–जनरल तथा युएनको इन्भाइरोमेन्ट प्रोग्रामकी डाइरेक्टर हुन् । दिगो विकास, प्राकृतिक स्राेत व्यवस्थापनका क्षेत्रमा ४० वर्ष लामो अनुभव संगालेका इब्राहिम थैव युएनका अन्डर–सेक्रेटरी–जनरल तथा युएनको कन्भेन्सन टु कम्ब्याक्ट डिफरेस्टेसनका एक्ज्युकिटिभ सेक्रेटरी हुन् ।)अल जजिराबाट

 


 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार