फ्रान्समा छ लाखदेखि छ लाख ५० हजारसम्म पंक्षीहरू मारिएको छ । वर्ड फ्ल्यु फैलिन थालेपछि सरकारले शंकास्पद क्षेत्रका कुखुरा, हाँसलगायतका पंक्षीहरू मार्न लगाएको हो ।
पंक्षीको उक्त सङ्ख्या पछिल्लो एक महिनामा मारिएको सरकारी अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । फ्रान्समा सन् २०१५ देखि वर्ड फ्ल्यूको महामारी आएको र अहिले चौथो चरणको खतरा रहेको बताइएको छ ।
महामारी फैलिन सक्ने देखिएका क्षेत्रका २६ फार्मका पंक्षी अहिले मारिएका कृषि मन्त्रालयले जनाएको छ । फ्रान्स जस्तै अरु धेरै युरोपेली देशहरूमा पनि अहिले वर्ड फ्ल्युको महामारी आउने खतरा देखिएको छ ।
कोरोनाभाइरसको महामारीले मानिसलाई त्रसित पारिरहेकै बेला वर्ड फ्ल्यु भाइरसको महामारीले पिडा थपेको हो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।