काठमाडौँ- नेपालले वन क्षेत्र विनाशलाई सन् २०३० सम्म शून्यमा पुर्याउने लक्ष्यका साथ तयार गरिएको वन तथा भूउपयोगसम्बन्धी ग्लास्गो घोषणा तथा सफा ऊर्जाका स्रोतलाई प्रवर्द्धन गर्नेसम्बन्धी ‘कोल टु क्लिन इनर्जी’ घोषणामा हस्ताक्षर गरेको छ ।
हालै सम्पन्न संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धिका पक्ष राष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा नेपालको वन व्यवस्थापनबाट प्राप्त हुने उत्सर्जन न्यूनीकरणका लागि वित्तीय सहायता प्राप्त गर्न ‘लोवरिङ इमिशन वाई एक्सलेरेटिङ फरेष्ट फाइन्नान्स’सँग लेटर अफ इन्टेन्टमा समेत हस्ताक्षर भएको छ ।

 स्कटल्याण्डस्थित ग्लास्गो शहरमा गत ३१ अक्टोबरदेखि १२ नोभेम्बर २०२१ सम्म आयोजना भएको सम्मेलनको दौरान नोभेम्बर १ र २ मा आयोजना भएको ‘वल्र्ड लिडर्स समिट’मा नेपालको तर्फबाट प्रधानमन्त्री देउवा र वनमन्त्री रामसहायप्रसाद यादवकोसमेत सहभागिता रहेको थियो । 

जलवायुजन्य हानि नोक्सानीका विषयमा महत्वपूर्ण छलफल नेपाललगायतका अतिकम विकसित, साना टापु तथा अन्य विकासोन्मुख राष्ट्रले महत्वपूर्ण मुद्दाका रुपमा उठाउँदै आएको जलवायुजन्य हानिनोक्सानीका विषयले सम्मेलनका दौरान भएका छलफलमा विशेष महत्व पाएको थियो । 

 सोहीबमोजिम जलवायुजन्य हानिनोक्सानी रोक्ने, न्यूनीकरण गर्ने र त्यस्ता हानिनोक्सानीलाई सम्बोधन गर्ने विषय कोप–२६ को मूल निर्णयमा समेत उल्लेख गरिएको मन्त्रालयले जनाएको छ ।

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार