काठमाडौँ - नेपालमा वायु प्रदूषण बढ्दै गएको भन्दै विज्ञहरूले आम नागरिकलाई सचेत रहन आग्रह गरेका छन् । 

विज्ञहरूले बंगालको खाडी र पश्चिम अरेबियन सागरमा उत्पन्न भएको जलवायु प्रणालीका कारण भारतका केही सहरमा भीषण वर्षा हुने र त्यसको असर नेपालमा पनि देखिन सक्ने बताएका छन् । 

गएको बुधबार बेलुकादेखि नै देशभरका केही सहरमा वायुको गुणस्तर कम भएको विज्ञहरूको दाबी छ ।

भारतमा भीषण वर्षा हुँदा भारतमा देखिएको प्रदूषण उत्तरतर्फ सर्दा नेपालमा असर पर्ने र नेपालमा वर्षा नभए पनि उच्च हिमाली क्षेत्रमा हिमपात र बाक्लो कुहिरो लाग्ने तथा तराईमा शितलहर देखापर्ने भनिएको छ ।

भारतका केही सहरमा प्रदूषणको मात्रा खतराको तहभन्दा माथि रहेको र हावाको दिशा उत्तरतर्फ सरेमा सबैभन्दा  प्रभावित काठमाडौँ हुनेछ ।

विज्ञहरूले वायु प्रदूषण कम गर्न धुलोलाई घटाउने गरी पानी छर्कने, उद्योगधन्दा केही दिनका लागि बन्द गर्ने र सवारी साधन बन्द गर्ने लगायतका काम बेलैमा गर्नुपर्ने बताएका छन्।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार