एजेन्सी- भारतको दिल्लीमा न्यूनतम तापक्रम १० डिग्री सेल्सियसमा झरेको छ ।
तापक्रम घट्दै गएपछि मङ्गलबार अत्यन्त जाडो महसुस गरिएको थियो ।
भारतको मौसम विज्ञान विभागले मङ्गलबारको अधिकताम तापक्रम भने २७ डिग्री सेल्सियससम्म पुगेको जनाएको छ ।
अहिले दिल्लीमा एकातिर चिसो बढीरहेको छ भने अर्कातिर प्रदूषणको असर पनि बढीरहेको छ ।
मङ्गलबार ३९६ रहेको वायुको गुणस्तर घटेर बुधबार ३७९ मा पुगेको छ ।
तिहारको बेला अत्यधिक धेरै पटका पड्काइएकाले वायु प्रदूषण बढेर खतरापूर्ण अवस्थामा पुगेको विज्ञहरुले बताएका छन् ।
प्रदूषण धेरै हानिकारक अवस्थामा पुगेकाले सर्वोच्च अदालतले समेत केही समय लकडाउन गर्न सुझाव दिएको थियो ।
अहिले दिल्लीका स्कुल हरु बन्द छन् भने, सरकारी कर्मचारीहरुलाई पनि घर बाटै काम गर्न भनिएको छ ।
(एजेन्सीहरुको सहयोगमा)
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...