एजेन्सी- जलवायु परिवर्तन सम्वन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन अर्को वर्ष इजिप्टमा हुने भएको छ ।

युकेको ग्लास्गोमा भएको कोप २६ ले नै कोप २७ इजिप्टमा गर्ने जनाएको हो ।  

साथै कोप २८ भने सन् २०२३ मा संयुक्त अरब इमिरेट्समा गर्ने निर्णय पनि भएको छ । 

कोप २६ मा सहभागी देशहरुले सन् २०३० सम्म मिथेन उत्सर्जन ३० प्रतिशतले कम गर्ने प्रतिवद्धता जनाएका थिए ।

प्रतिवद्धतामा ८० भन्दा बढी देशहरूले दशकको अन्तसम्ममा मिथेन उत्सर्जन ३० प्रतिशतले कम गर्ने अमेरिका र यूरोपीय संघको प्रतिज्ञामा हस्ताक्षर गरेका हुन् । 
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार