काठमाडौँ – पछिल्लो समयमा समुद्री ह्वेलले मानिसहरूलाई आक्रमणको निशाना बनाउन थालेका छन् । विशेषतः समुद्रमुनी अनुसन्धान र साहसिक गतिविधिमा जाने मानिसहरू ह्वेलको आक्रमणमा पर्ने गरेका छन् ।
तर, यस्तो आक्रमण बढ्नुमा ह्वेल माछा आफै झुक्किएर हो । उनीहरूले मानिसलाई समुद्री जनावर सिल जस्तो मानेर आक्रमण गरेका हुन् । सिल सेता ह्वेल माछाको मन पर्ने शिकार हो । सेता ह्वेलले मानिसहरूलाई आक्रमण गरेपछि अस्ट्रेलियाका वैज्ञानिकहरूको एउटा समूहले यसबारेमा एउटा अध्ययन पनि गरेका थिए । उनीहरूले पौडी खेल्ने र सर्फबोर्ड चलाएका व्यक्तिहरूको भिडियो फुटेज अध्ययन गरेका थिए । सर्फबोर्ड समुद्रमा तैरिदा र हिउँमा स्केटिङ गर्दा प्रयोग हुन्छ ।
वैज्ञानिकहरूले भिडियो फुटेजलाई विभिन्न कोणबाट अवलोकन गरेका थिए । अवलोकन गर्दा मानिस र सील दुरुस्तै देखिएका थिए । पानीमुनिको सतहबाट हेर्दा पनि सील र मानिसलाई छुट्टाउन वैज्ञानिकलाई नै हम्मे परेको थियो । मानिस र सीलबीचको आकार पनि दुरुस्तै देखिएको थियो ।
‘वास्तवमा ह्वेलले मानिसलाई मार्ने रहेनछ , बरु सील जस्तो लागेर उनीहरूले आक्रमण गर्दा रहेछन,’ अनुसन्धान टोलीकी नेतृ डा। लाउरा रायन भन्छिन् ।
अनुसन्धानकर्ताहरू विशेषत सेता सार्कमा केन्द्रित भएर अध्ययन गरेका थिए । यो पनि विश्वास गरिन्छ की सार्कले अन्य प्राणीले जस्तो रंग छुट्टाउन सक्दैनन् । अर्थात उनीहरूमा रंग छुट्टाउने क्षमता सीमित हुन्छ । ‘रंग छुट्टाउने उनीहरूको क्षमता हाम्रो भन्दा कमजोर हुन्छ,’ रायन भन्छिन् ।
सार्क जब बढ्दै जान्छ, उसका आँखा ठूलो हुन्छ । आँखा ठूलो भएपछि उनीहरूको फोकस एउटा भन्दा पनि धेरै बस्तुमा हुने गर्छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...