काठमाडाैँ - साइकललाई यात्राकाे स्वभाव बनाइ र त्यसलाई संस्कृतिकाे रूपमा विकास गर्ने र जलवायु न्यायका लागि साइकल यात्रा तथा अन्तर्क्रिया हुने भएकाे छ ।
भाेलि शनिवार ललितपुर महानगरपालिकाकाे कार्यालयबाट शुरू हुने साइकल यात्रा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयकाे केन्द्रीय जनसंख्या अध्ययन विभागमा अन्तर्क्रियामा परिणत हुने साइकल अभियान्ता रत्न श्रेष्ठले जानकारी दिए । साइकल यात्रा बिहान ७ बजेबाट शुरू हुनेछ । त्यस्तै, अन्तर्क्रिया कार्यक्रम ८ः३० बजेबाट शुरू हुने छ ।
अन्तर्क्रिया कार्यक्रम शून्य उत्सर्जन लक्ष्य, इक्विटी र जलवायु परिवर्तन नियन्त्रणका लागि आह्वान गर्ने वैश्विक प्रयाससँग ऐक्यबद्धतास्वरूप हुने उनले बताए ।
त्यस्तै उनले कार्यक्रमले साइकल पूर्वाधार र पदोन्नतिमा जलवायु कोष परिचालन गर्ने दायरामा पनि प्रकाश पार्ने बताए । कार्यक्रम दिगो विकास इन्स्टिच्युट, नेपाल साइकल सोसाइटी, साइकल सिटी नेटवर्क नेपाल, शनिवार प्लेन एयरले एपीएमडीडीसँग स्थानीय रूपमा सहकार्य गरी आयाेजना गर्न लागेकाे हाे ।
कार्यक्रममा 'स्याटरडे प्लेन एयर' टोलीले जलवायु संकट र साइकल समाधानलाई प्रतिबिम्बित गरी प्रत्यक्ष कला समेत प्रदर्शन गर्ने आयाेजकले बताए ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...