एजेन्सी – वैज्ञानिकहरूले तापक्रम विश्वव्यापी रुपमा बढ्दो क्रममा रहेको बताएका छन् । वैज्ञानिकहरुले पहिलेको तुलनामा विश्वका विभिन्न स्थानमा तापक्रममा वृद्धि भएको बताएका हुन् । तापक्रम वृद्धिले मानव स्वास्थ्यमा नै गम्भीर चुनौती थपेको उनीहरूको भनाइ छ । 

सन् १९८० पछि ५० डिग्री सेल्सिय भन्दाबढी तातो हुने दिन हरेक दशक बढिरहेको छ । सन् १९८० देखि सन् २००९ को अवधिमा औषतमा एक वर्षमा ५० डिग्री वा सो भन्दा बढी तापक्रम पुग्ने दिनको संख्या १४ रहेको थियो । तर, सन् २०१० देखि सन् २०१९ को अवधिमा यो संख्या २६ पुगेको छ ।  यो अवधिमा ४५ डिग्री र यो भन्दामाथिको तापक्रम वर्षमा ३१ दिन पुगेको छ । 

‘तापक्रम वृद्धिको मुख्य कारक कोइला र ग्यास हो,’ युनिर्भसिटी अफ अक्सफोर्डका वातावरण परिवर्तसम्बन्धी सहनिर्देशक डा. फ्रेडराइक ओटो भन्छन् । सम्पूर्ण पृथ्वी नै तातेपछि तापक्रम वृद्धि सामान्य मानिन थालिएको छ । 

उच्च ताप मानिस र प्रकृतिका लागि घातक मानिन्छ । यसले मानिसबाहेक भौतिक संरचना, सडक र ऊर्जा प्रणालीमा नै असर गर्छ । मध्यपूर्व र खाडी मुलुकमा सामान्यतया ५० डिग्री सेल्सिय तापक्रम हुन्छ । इटाली र क्यानडामा अहिलेसम्मकै तापक्रमबृद्धिपछि जुनसुकै दिन ५० डिग्री सेल्सिय माथिको तापक्रम जहाँसुकै हुन सक्ने वैज्ञानिकहरूले जनाएका छन् ।
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार