एजेन्सी - वायु प्रदूषणका कारण बालबालिका मोटोपनको शिकार भएको र उनीहरूमा दम रोगको जोखिम बढेको एउटा नयाँ अध्ययनले देखाएको छ । मोटा बालबालिकामा दम रोगको ७९ प्रतिशत सम्भावना देखिएको अध्ययनमा दर्शाइएको छ । वायु प्रदूषणको उच्च जोखिम रहेको दिल्लीका बालबालिकामा मोटोपन देखिएको अध्ययनमा जनाइएको छ । 

मोटोपन, दम रोग र वायु प्रदूषणबीचको सम्बन्धलाई लिएर भारतमा पहिलो पटक अध्ययन गरिएको थियो ।  लामो समयसम्म अस्वच्छ हावामा रहँदा बालबालिकामा श्वासप्रश्वासजन्य समस्या निम्तिन सक्ने विज्ञहरूले चेतावनी दिँदै आएका छन् । 

लङ केयर फाउण्डेसन र पलमोकेयर रिसर्च एण्ड एजुकेसनले गरेको सो अध्ययनमा दिल्ली र दक्षिणी भारतका १२ विद्यालयका तीन हजार एक सय ५७ वालबालिकाकाबारेमा अध्ययन गरिएको थियो । अध्ययनका क्रममा सबैभन्दा बढी दिल्लीका बालबालिका मोटा देखिएका थिए । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार