काठमाडाैँ - आज चार प्रदेशका केही ठाउँमा चट्याङ्गसहित ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।

मौसमविद् वरुण पौडेलका अनुसार आज दिउँसो वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । यस्तै, राति प्रदेश,१ र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन उनको आग्रह छ ।

भोलि गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ । मनसुन थप सक्रिय रहेकाले भोलिदेखि देशका धेरै ठाउँमा झरी पर्ने सम्भावना रहेको छ बाढी पहिरोको जोखिम उच्च छ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार