के तपाईंलाई थाहा छ ? सर्पहरू जिब्रोले सुँघ्छन् । सर्पहरूका जिब्रोको काम नै सुँघ्नलाई हो । यसर्थ यो जताततै हिँड्दा वा रिसाउँदा आफ्नो जिब्रो छिटोछिटो बाहिर निकाल्दै चलायमान बनाउँछ ।
हाम्रो जिब्रोमा स्वाद थाहा पाउनको लागि स्वाद कोपिला भन्ने ज्ञानेन्द्रियहरू हुन्छन् तर सर्पहरूको जिब्रोमा त्यो हुँदैन । यसर्थ यसले स्वाद नभएर गन्ध पत्ता लगाउने काम गर्छ ।
यसले गन्ध मात्र होइन दिशा पत्ता लगाउन, खाने कुरा चिन्न तथा आफ्नो प्रजातिलाई पहिल्याउने समेत काम गर्छ । यदि सर्पको जिब्रो निकालिदियो भने यसले बाटो पहिल्याउन, शिकार पत्ता लगाउन तथा अरू सर्पसँग सम्पर्क राख्न सक्दैनन् । समग्रमायसको अभावमा सर्पहरू लाटिन्छन् र मर्न पनि सक्छन् ।
त्यस्तै सर्पहरुको बाह्य कान हुँदैन र हामीले जस्तो सुन्न सक्दैनन् । तर पूरै बहिरा चैँ हुन्नन् । यिनीहरूको कानको अवशेष भित्रबाट चिउँडोको हड्डीसँग जोडिएको हुन्छ । यसमा बाह्य ध्वनिका तरङ्गहरू ठोकिँदा कम्पन पैदा हुन गइ वस्तुबाट आएको आवाज सुन्न सक्छ ।
सुरिलो बाजा, बिन, दमाहा, ढोल आदि बजाइदियो भने यसको पूरै शरीर कम्पन भइ या तुरन्त भाग्न सक्छ या लठ्ठिएर यता उता चलमलाउन थाल्नुको मुख्य कारण पनि यहि नै हो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...