‘युरेनियम खानीले विश्वभरि नै आदिवासीमाथि अन्याय भएको छ । यसको प्रशाेधनका दौरान हामी खतराबाट गुज्रिरहेका छौँ, लामो समयसम्म दीर्घकालीन प्रभाव भोगिरहेका छौँ । यसकै कारण अन्य समुन्द्रपारका मानिसहरूले सुखभोग गर्न पाइरहेका छन् । तिनलाई यो पनि थाहा छैन कि तिनको सुखभोगको मूल्य अर्को ठाउँका तिनीजस्तै मानिस चुकाइरहेका छन् ।’

- सिमोन बटलर

र्खरै गार्जियनको एक लेखमा ज्याकोबिन म्यागाजिनका संस्थापक सम्पादक भाष्कर सुनकाराले भनेका छन्– ‘यदि हामीले जलवमयु संकटसँग जुध्नु छ भने आणविक ऊर्जालाई आत्मसाथ गर्नुपर्छ ।’ तर म यो दावीसँग सहमत छैन । र, यहाँ म आणविक ऊर्जा कसरी जलवायु संकटको समाधान हुन सक्दैन भनेर १० कारणहरू भन्दैछु:

आणविक ऊर्जा हानिकारक हुनुका १० कारणहरू

१. आणविक ऊर्जा खतरनाक छ । संसारभरि जताजतै आणविक ऊर्जाको प्लान्ट खडा गर्नु भनेको जापानको फुकुसिमामा भएको जस्ता दुर्घटनाहरूको जोखिम बढाउनु हो । 

यदि आणविक भट्टीमा २०२० मा अष्टेलियाको जंगलको डडेलोको स्वरूप पसेमा त्यसले कस्तो परिणाम निम्त्याउला ? २०१३ मा फिलिपिन्सको व्याक्लोबन सहरमा फैलिएको टाइफुन जस्ता आँधीले आणविक भट्टी तहसनहस पारेमा के होला ? तीन वर्ष अघिदेखि यता मोजाम्बिकमा आइरहेको अकल्पनीय बाढी अचानक आणविक भट्टीमा छिर्याे भने के होला ?

हामीले अझै सुरक्षित भविष्यको योजना बनाउनु छ भने त्यही अनुरूपका सुरक्षित प्रविधिको सहारा लिनुपर्छ । विकल्प खोज्नुपर्छ । त्यसैले आणविक भट्टीलाई ऊर्जाको स्राेतको रूपमा निर्माण गर्नु भनेको सुरक्षाको दृष्टिकोणबाट एकदमै गैर-जिम्मेवारीपूर्ण कदम हो । 

२. आणविक ऊर्जाको लागि अत्यधिक पानी चाहिन्छ । यसले अकल्पनीय रूपमा पानी सोस्छ, यो सौर्य तथा वायु ऊर्जा जस्तो नवीकरणीय ऊर्जा होइन ।  हामीलाई थाहा छ, जलवायु परिवर्तनले खडेरी अनि बाढीको प्रकोप बढाइरहेको छ । यसले शुद्ध र सफा पानीको संकट निम्त्याइरहेको छ । भविष्यमा यस्तो संकटको स्थिति झन् भयावह हुनेछ । यस्तो परिस्थितिमा आणविक परियोजनाको लागि अत्यधिक पानी नास पार्नु कति पनि बुद्धिमानी होइन ।

त्यसैगरी, आणविक लागि युरेनियम आवश्यक पर्छ । युरेनियम खानीले आसपासका जलस्राेतलाई नै विशाक्त बनाइदिन्छ ।  विश्वका आधाभन्दा बढी युरेनियम प्रशोधनमा ‘इन सितु लिचिङ’ प्रक्रियामा युरेनियम सजिलै घुलोस् भनेर विभिन्न एसिडहरूको कक्टेल जमिनमूनिको पानीमा मिसाइन्छ । मिश्रणले पानीमा हानिकारक रेडियोधर्मी पदार्थहरू सिर्जना गरिदिन्छ । भूमिगत जलस्राेतको नवीकरण हुने कुनै उपाय पनि छैन । 

३. आणविक भट्टी निर्माण प्रक्रिया सुस्त हुन्छ । यो बनाइसक्न लामो समय लाग्छ । १९८१ देखि यता बन्दै आएका मझौला आणविक बन्न पनि कम्तीमा ७ देखि १० वर्ष लाग्छ । २०१७ यता बनिरहेको दुई तिहाई आणविक भट्टीको पनि निर्माण अवधि लम्बदै गएको छ । 

विज्ञानले भनिरहेको छ, हामीले जैविक इन्धन (तेल) को विकल्प छिटो भन्दा छिटो पहिल्याउनु पर्छ । तर आणविक ऊर्जाले तत्कालै त्यो विकल्प दिँदैन । सौर्य तथा वायु ऊर्जा नै तत्कालका लागि छिटो र छरितो विकल्प हुन् । 

४. आणविक ऊर्जा हरित ऊर्जा हुँदै होइन । यसको अन्तर्य नबुझ्नेले भन्छन् कि यसले ग्रीन हाउस ग्यास उत्सर्गन गर्दैन । तर यसका सहायक प्रक्रिया जस्तै माइनिङ, रिफाइनिङ, निर्माण तथा कवाडी व्यवस्थापन जस्ता गतिविधिले नै अत्यधिक ग्रीन हाउस ग्यास उत्सर्जन गर्छन् । त्यसैगरी, आणविक परियोजना निर्माण प्रक्रियाबाट त्यति नै विशाल मात्रामा फोहर निस्कने छ । यसैले वातावरणको लागि आणविक ऊर्जा त्यतिकै हानिकारक छ । 

वाइस इन्टरनेसनलको २०१७ को एक रिपोर्टले प्रतिकिलोवाट १ घण्टा बराबर ८८ देखि १४६ ग्राम कार्बनडाइअक्साइड आणविक ऊर्जाले उत्सर्जन गर्ने अनुमान गरेको छ । यसको ठीक उल्टो वायु ऊर्जाबाट मात्र ५ देखि १२ ग्राम मात्र उत्सर्जन हुनेछ । 

५. आणविक ऊर्जा पुन: नवीकरणीय ऊर्जा होइन । कार्बन उत्सर्जन कम गर्ने प्रकारका उच्च कोटीको युरेनियम हामीसँग पर्याप्त मात्रामा छैन । यदि यसैगरी विश्वभर आणविक बनाउने हो भने केही दशकमै युरेनियमको मौज्दात सकिनेछ । यदि हामीले विश्वको कुल ७० प्रतिशत ऊर्जालाई आणविक ऊर्जामा रूपान्तरण गर्ने हो भने जम्मा ६ वर्षमा युरेनियम सकिन्छ । त्यसैले आणविक भट्टी एकदमै अल्पकालीन सोच हो । हामीलाई त लामो समय जाने दीर्घकालीन ऊर्जाको स्राेत चाहिएको छ ।

६. आणविक भट्टी एकदमै महँगाे र खर्चिलो पनि छ । आणविक शक्तिबाट ऊर्जा निकाल्नु अन्य नवीकरणीय ऊर्जा उत्पादन भन्दा एकदमै खर्चिलो छ । यसको पुर्वाधार निर्माणमै करौडाैँ खर्च हुन्छ । ब्रिटेनको ‘हिन्कले प्वाइन्ट सि रियाक्टर’को लागत २०१६ मा १८ बिलियन पाउण्ड थियो जुन बढेर अहिले २२–२३ बिलियनको हाराहारीमा पुगिसकेको छ । यो छिटोमा पनि २०१६मा मात्रै सकिनेछ । 

लागतको पनि ठूलो अर्थ छ । जति धेरै लागत देखिन्छ त्यहाँ त्यति नै धेरै श्रम शक्ति तथा स्राेत–साधन खपत भइरहेको हुन्छ । एकातिर यसको असर पनि जलवायु परिवर्तनमै गएर ठोक्किन्छ । 

यदि आणविकको साटो पुनः नवीकरणीय ऊर्जामा लगानी गर्ने हो भने ठूलो लागत बच्छ र वातावरण, स्वास्थ्य, सामाजिक न्याय तथा दिगो कृषि व्यवसाय जस्ता महत्वका क्षेत्रमा त्यो बचतलाई लगाउन सकिन्छ ।

७) आणविक शक्ति भनेको आणविक हतियार पनि हो । आणविक अस्त्रमा प्रयोग गरिने पदार्थको ठूलो बिस्फोटबाट नै आणविक ऊर्जा निस्कने हो । त्यसैले आणविक भट्टीको विस्तारले आणविक अस्त्रलाई चाहिने विस्फोटक पदार्थमाथि सजिलो उपलब्धता बढाउँछ । यस्तो स्थितिमा जुनसुकै मुलुकले पनि आणविक अस्त्र बनाउन सक्ने वातावरण सिर्जना गर्छ । 

८) आणविक भट्टीबाट निस्कने फोहोर तथा कवाडीहरू लामो समयसम्म रहीरहन्छन् । यो हत्तपत्त नष्ट हुँदैन र कैयौँ युगसम्म हानीकारक बनेर रहिरहनेछन् । यस्ता कवाडी संग्रह गर्ने सुरक्षित ठाउँ पनि हुन्न । हाम्रो भावी पुस्ताको भविष्यलाई हेर्ने हो भने पनि यो गैरजिम्मेवार काम हो । 

कतिपय ठाउँमा आणविक कवाडी अहिले नै समस्यामूलक बनिसकेको छ । सन् १९७० को दशकमा अमेरिकी सेनाले रेडियोधर्मी पदार्थको संग्रहको लागि रुनित आइल्याण्डमा ३.१ मिलियन क्युविक फिटको सिमेन्टको ड्याम नै बनाएको थियो । अहिले यो भू–भाग मार्सल आइल्याण्डमा पर्छ । 

युरेनियम खानी एकदमै असुरक्षित हुन्छ । युरोनियम अनि अन्य रेडियोधर्मी पदार्थ पूर्ण सुरक्षितसँग संग्रह गर्ने उपाय हुँदैन । त्यसैले आणविक भट्टी निर्माण गर्नु भनेको वातावरणमा रेडियोधर्मी विकिरण फैलाउनु पनि हो । यसले गर्दा धेरै भन्दा धेरै कामदारले असुरक्षितसँग काम गर्नुपर्ने तथा अकालमा ज्यान गुमाउने स्थिति पैदा हुन्छ ।

आज समुन्द्र सतह बढिरहेको छ र यसले त्यो ड्यामको सबै संरचना पुर्ने खतरा छ । यसो भएमा ती रेडियोधर्मी पदार्थ तथा विकिरणहरू समुन्द्री पानीमा मिसिनेछन् । अमेरिकी सरकारले अहिले यो मार्सल आइल्याण्डको समस्या हो भन्दै सहयोग गर्न अस्विकार गरिरहेको छ । 

९. युरेनियम खानी एकदमै असुरक्षित हुन्छ । युरोनियम अनि अन्य रेडियोधर्मी पदार्थ पूर्ण सुरक्षितसँग संग्रह गर्ने उपाय हुँदैन । त्यसैले आणविक भट्टी निर्माण गर्नु भनेको वातावरणमा रेडियोधर्मी विकिरण फैलाउनु पनि हो । यसले गर्दा धेरै भन्दा धेरै कामदारले असुरक्षितसँग काम गर्नुपर्ने तथा अकालमा ज्यान गुमाउने स्थिति पैदा हुन्छ ।

१०. आणविक कार्यक्रम आदिवासीप्रति गद्दारी पनि हो । संसारभरी प्रयोग हुने ७० प्रतिशत युरेनियमको खानी आदिवासी क्षेत्रमा पर्छ । लामो समयदेखि तिनको भूमि र संस्कृतिमाथि सिलसिलेवर अतिक्रमण भइरहेको छ । त्यसैले यसलाई अरू बढावा दिन हामी चाहदैनौँ ।

‘मिरार ट्रेडिसनल अनर्स’ उत्तरी अष्ट्रेलियाको एक आदिवासी समुदाय हो । तिनको क्षेत्रमा ‘रेन्जर’ तथा ‘जविलुका’ युरेनियम प्रोजेक्ट छन् । फुकुसिमा दुर्घटनादेखि यता उनीहरु एकदमै चिन्तित छन् । फुकुसिमाको युरेनियम यही मिरार भूमिको युरेनियम खानीबाट लगिन्छ । यो खानीको ‘मिरार ट्रेडिसनल अनर्स’ले पहिलादेखि नै विरोध गर्दै आएको थियो । 

२०११ संयुक्त राष्ट्रसंघलाई ‘मिरार ट्रेडिसनल अनर्स’का जेष्ठ सदस्य योभ्ने मार्गुरुलाले भनेका थिए, ‘युरेनियम खानीले विश्वभरि नै आदिवासीमाथि अन्याय भएको छ । यसको प्रशाेधनका दौरान हामी खतराबाट गुज्रिरहेका छौँ, लामो समयसम्म दीर्घकालीन प्रभाव भोगिरहेका छौँ । यसकै कारण अन्य समुन्द्रपारका मानिसहरूले सुखभोग गर्न पाइरहेका छन् । तिनलाई यो पनि थाहा छैन कि तिनको सुखभोगको मूल्य अर्को ठाउँका तिनीजस्तै मानिस चुकाइरहेका छन् ।’

आणविक मोह केका लागि ? 

हानीकारक भएपनि असफल आणविक परियोजनासँग सम्बन्धित मानिसहरूले अहिले आणविक परियोजनालाई जलवायु संकटको समाधानको रूपमा अघि सार्नु कुनै अनौठो भएन । तर, अरू जलवायु संकटप्रति वास्तविक चिन्तितहरू पनि माथि उल्लेखित पक्षलाई नजरअन्दाज गर्दै आणविक ऊर्जाको समर्थनमा लागिरहेका छन् । यसो हुनुका धेरै कारणहरू छन्ः 

केहीले मात्रै तत्कालको ग्रीन हाउस ग्यास उत्सर्जनको पक्षमा मात्रै ध्यान दिइरहेका छन् । र, तिनले आणविक परियोजनाले पार्ने दीर्घकालीन वातावरणीय प्रभाव, सैन्यवाद र आदिवासी भूमिको विषाक्तिकरणलाई देखेकै छैनन् । तिनलाई लाग्छ कि आणविक परियोजना सामाजिक न्यायकै सिद्धान्तभित्र समेटिने छ । तर, आणविक परियोजना कति धेरै असामाजिक छ तिनले बुझेकै छैनन् । 

आणविक परियोजना आधुनिक प्रविधिको दायराभित्र रहने र मान्छे र प्रविधिले प्रकृतिलाई हराउन केसम्म गर्न सक्दैन भन्ने कुराले पनि केहीलाई आणविक परियोजनाले लोभ्याएको छ । यो ‘अर्थ–आधुनिक’ दृष्टिकोणले प्रकृतिलाई बृहत् जीवन प्रक्रियाको रूपमा होइन, दुस्मनको रूपमा लिन्छ र प्रकृतिलाई जसरी पनि हराउनु पर्छ भन्ने मान्यता बोक्छ ।

आणविक शक्ति भनेको प्राकृतिक आवश्यकताबाट अलग्गिनु पनि हो । अ–प्राकृतिक माध्यमबाट आवश्यकतापूर्ति गर्नु हो । आणबिक शक्तिको यो प्रवृतिलाई नबुझ्नु तिनको अर्को कमजोरी हो । 

अरू एकथरी जो आणविक शक्तिको समर्थनमा छन्, जसलाई विषयको गाम्भिर्यता थाहा छैन । यदि कोही व्यापारिक व्यक्ति, प्राध्यापक वा पत्रकार अरू धेरै आणविक भट्टी बनाउनुपर्छ भन्छ भने सम्झनुपर्छ तिनलाई कहिल्यै युरेनियम खानीमा गएर स्वयमसेवा वा काम गर्नु छैन । यस्ता खानी छेउछाउ बसोबास गर्नु छैन । अनि तिनका छर–छिमेकमा रेडियोधर्मी विकिरण पनि आउने छैन । तिनको लागि यी सबै देःख–कष्ट सहिदिने त अरू नै छन् नि ।

(स्कटल्याण्डबासी सिमोन बटलर टु मेनी पिपल ? पोलुसन, इमिग्रेसन एण्ड द इन्भाइरोमेन्टल क्रिसिसका सह–लेखक हुन् ।)

क्लाइमेट एण्ड क्यापिटालिज्मबाट

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार