संगीतको नशाले पढाइलाई निरन्तरता दिन नसकेको गायक धर्मेन्द्र सुनारले बताएका छन् । शिक्षाको जीवनको लागि महत्वपूर्ण रहेको बताउँदै उनले संगीतको लतमा पढाइलाई बाह्र कक्षासम्म मात्र पुर्याउन सकेको बताएका छन । सानै उमेरदेखि गीत गाउन सिपालु धर्मेन्द्र यति बेला भने नेपाली सांगीतिक बजारमा चर्चाको शिखर चुम्न सफल भएका छन् । हाल चलिरहेको 'द भ्वाइस अफ नेपाल' सिजन–३ मा सहभागिता जनाउँदै दमदार प्रस्तुति मार्फत नेपाली दर्शक श्राेता माझ चर्चित बनेका धर्मेन्द्रलाई यतिबेला गीत रेकर्ड गराउन र अन्तर्वार्ता दिन पनि भ्याइनभ्याई भएको बताए । सुदूरपश्चिमको विकट जिल्ला बाजुरामा जन्मिएका धर्मेन्द्रले विगतमा आफूले काठामाडौँका दोहोरी साँझमा पनि काम गरेको बताए । तर त्यो बेला दोहोरी साँझमा काम गर्दा कतिपयले नराम्रो बचन सुनाउने गरेको त कसैले काम गरेको पारिश्रमिक नदिँदा काठमाडौँको दुःखसँग केही सीप नलागेर बाजुरा फर्किएको दुखेसो पनि सुनाए । तर यतिबेला भने आफूलाई भ्वाइस अफ नेपालको प्लेट फर्मबाट सांगीतिक जीवनको भविष्य कोर्ने मौका पाउँदा खुसी लागेको बताए । उनले कलाकारले चर्चा पाउनु मात्र ठूलो कुरो नभएको भन्दै संगीतमा टिक्न सक्नु र दर्शक श्राेताको मन जित्नु ठूलो कुरा भएको बताए ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...