संगीतकार दिनेश ‘काजी’ बान्तावाको एकल संगीतमा गीति एल्बम ‘सेवान्ने’ र एल्बम अन्तर्गत ‘मैले फूललाई’ बोलको गीतिभिडियो सार्वजनिक भएको छ । अनामनगरस्थित पाना क्याफेमा एक कार्यक्रमका बिच शनिबार भिडियो र एल्बम सार्वजनिक गरिएको हो । एल्बममा ‘हुरुक्कै भएँ म,’ ‘मनको मैलो,’ ‘मैले फूललाई’लगायत मेल–फिमेल भर्जनका सातवटा गीत समावेश गरिएको छ ।
एल्बममा साहित्यकारद्वय राजन मुकारुङ र हाङ्युग अज्ञातको शब्द रहेको छ भने राजेशपायल राई, सुनिता थेगिम, अशोक मुकारुङ, झुमा लिम्बु, ज्वाला राई र मिलन नेवारको आवाज रहेको छ ।
सार्वजनिक भएको म्यूजिक भिडियो ‘मैले फूललाई माया गरेँ’लाई विज्ञान राइले निर्देशन गरेका हुन् । राजेशपायल राईको आवाज रहेको गीतमा निर्देशक राईले एउटै कार्यलयमा कार्यरत दुई कर्मचारीको प्रेम देखाएका छन् । संकल्प भुजेलको छायाङ्कनमा बनेको भिडियोमा दिवाहाङ राई र नग्मा श्रेष्ठले अभिनय गरेका छन् ।
गीतिएल्बम ‘सेवान्ने’मा समावेश भएको गीत ‘हुरुक्कै भएँ म’ यसअघि नै युट्युबमा सत्ताइस लाखभन्दा बढीपटक हेरिसकिएको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...