गायिका मिलन नेवारको आवाजमा रहेको 'झ्याम्मै छाहारी' बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
पछिल्लो समय गीतको भिडियो निर्देशनमा निकै व्यस्त रहेका निर्देशक तथा रंगकर्मी किरण चाम्लिङ राईले उक्त भिडियोको निर्देशन गरेका हुन् । भिडियोको कथा पनि निर्देशक चाम्लिङकै रहेको छ । कथामा चाम्लिङले केटा विदेशिए पछि केटिले भोग्नु परेको बिछोडको पिडा र दौँतरी नहुँदाको एक्लोपनलाई देखाएका छ्न् । भिडियोमा लक्ष्मी बर्देवा र दिलिप कोयूको अभिनय रहेको छ । गीतमा कमल कोयूको शब्द रहेको छ भने यसलाई दिलिप कोयूले संगीत गरेका छन् ।
भिडीयो थैली इन्टरटेन्मेन्ट बाट सार्वजनिक गरिएको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...