काठमाडौँ - गीतकार इन्दिरा चेम्जोङको 'एकलौटी बजार' बोलको नयाँ गीत भिडियोसहित सार्वजनिक भएको छ । 

नेपालको पूर्वी धनकुटा जिल्ला, चौबिसे राजारानीमा जन्मिएकी गीतकार इन्दिरा चेम्जोङ नेपाली सांगीतिक आकाशका गीति लेखनमा एक सशक्त नारी हस्ताक्षर हुन् । 

उनले यस अघि पनि 'अर्को जन्म' बोलको एल्बम साथै नेपाली तथा लिम्बू भाषी गरी धेरै गीतहरू सांगीतिक बजारमा श्राेता, दर्शकसामु पस्किसकेकी छन् ।

गीतकार चेम्जोङले न्यूयोर्क अमेरिकाको प्रवास बसाइँमा रहँदै बजारमा ल्याएकी उक्त 'अर्को जन्म' एल्बमले धेरै श्राेता दर्शकहरूको मन जित्न सफल भएर माया पाएको थियो । 


गीतकारः इन्दिरा चेम्जाेङ


यस्तो शब्द रहेको 'एकलौटी बजार'मा बाबुल गिरीको संगीत तथा एरेन्ज र गायक आभास क्षेत्रीको सुमधुर आवाज रहेको छ भने सम्पादन विश्व भण्डारीको रहेको छ । गीतको अडियो रेकर्डिङ्ग कार्य म्युजिक नेपाल अनामनगर काठमाडाैँबाट सम्पन्न भएको हो ।

इन्दिरा चेम्जोङ नामक अफिसयल युट्युब च्यानलबाट बजारमा सार्वजनिक भएको 'एकलौटी बजार' बोलको भिडियो सहितको प्रेमिल वियोगान्त गीतले पनि आमश्राेता, दर्शकको मन जित्न सफल हुनेछ भन्ने कुरामा विश्वास रहेको उनले बताएकी छन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार