काठमाडौँ – गायक यादन सेर्मा ‘नुनाम’को लिम्बू भाषाको मर्मस्पर्शी गीत  ‘ताङसाङ नु खाम्बेक’ सार्वजनिक भएको छ ।

दर्पण सेर्माको शब्द तथा मिलन सेर्माको संगीतमा रहेको उक्त गीतलाई कृष्ण थलङले छायांकन् तथा सम्पादन गरेका छन् । भिडियोमा पुष्पान्जली तिलिङ मादेन ‘चपेतीको आमा’ र गायक यादन सेर्माको अभिनय रहेको छ । सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको संगीत संयोजन पदम राजन मगरले गरेका हुन् ।



नेपाली गीत संगीतमा लामो समयदेखि आयु खर्चिरहेका बहुप्रतिभाशाली गायक सेर्मा गीतकार तथा संगीतकार समेत हुन् । भिडियो गायक यादन सेर्मा लिम्बूकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार