काठमाडौँ – रंगकर्मी इँगिहोपो कोँइच सुनुवारको सर्टमुभी ‘सानो पाइला’ सार्वजनिक भएको छ । 

इँगिहोपो कोँइच सुनुवारको निर्देशन रहेको मुभीमा भुवन सिंह राई, सागर खाती कामी, विकास पन्त र कुशुम दाहालको अभिनय रहेको छ । 

लकडाउनमा मजदुरले भोगेको पीडालाई मुभीमा उतारिएको सुनुवारले बताए । मुभीमा शिशिर ९भुवन सिंह राई० को जिजीविषा  दैनिक ज्याला मजदुरीबाट आउने रकममा निर्भर छ। आफ्नो घरभन्दा निकै टाढाको ठाउँलाई कर्मथलो बनाएका छन् उनले। तर, ज्याला समयमा नपाउन घरमा पैसा पठाउन सकेका छैनन् । गर्भवती श्रीमती उनको बाटो कुरेर बसिरहेका छन् । तर उनी जान नपाएको देखाइएको छ । 

होम अफ क्रियटिभिटीले आयोजना गरेको कार्यशाला र त्यसको योजनाअनुरूप यो सर्टमुभी तयार पारिएको निर्देशक कोँइचले बताए । उनले सर्ट मुभी निर्माणमा सहयोग गर्ने सबैप्रति आभार समेत व्यक्त गरेका छन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

जेडी तमु

लेखकबाट थप...

सम्बन्धित समाचार